०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

देवानगञ्ज गाउँपालिकाद्वारा बजार अनुगमनलाई निरन्तरता, म्याद सकिएको सामान नष्ट

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आश्विन ३०, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित रहेको नयाँ हटिया (कप्तानगञ्ज बजार) मा भएको पसलहरुको अनुगमन गर्दै पालिकाले अनुगमनलाई निरन्तरता दिएको हो ।

मंगलवार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रेको समान फेला परेको पालिकाले जनाएको छ।

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा मंगलवार सबै सरोकारबालाहरुको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा व्यपारीहरुले म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको, होटल व्यवसायीहरु गुणस्तरीय हिन समान प्रयोग गरेको, किराना पसलमा भारतीय समान बढी बेचिएको, अधिकांश पसलहरु दर्ता नभएको, प्रतिबन्धित हाइड्रो सोडा खुलेआम बेचिरहेको लगायतका समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको छ ।

सरोकारवालाहरुले चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर गरी बजार अनुगमनलाई निरन्तरता दिदै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने समेत जानकारी दिनुभयो ।

 

देवानगञ्ज गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेलको नेतृत्वमा प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक साहयक श्रृजन जोसी, नेपाल प्रहरी र शस्त्र प्रहरी बलको सयुंक्त टोलीले अनुगमनलाई निरन्तरता दिएको हो । किराना र हार्डवेयर पसलमा भएका म्याद सकिएका सामानहरु नस्ट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]