०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा दिए उजुरी

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, कार्तिक १५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएका हुन् ।

मण्डलले देवनागञ्ज गाउँपालिका ३ का वडा अध्यक्ष अनिलकुमार भगत, वडा सदस्य कमलेश यादव, वडा सचिव वविताकुमारी मेहता , कर्मचारी माधवप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता विरुद्ध अन्याय गरेको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

निवेदक मण्डलले आफू भुमिहिन दलित सुकुम्बासी भएकोमा आवाशको हक सुनिश्चित गर्नुपर्नेमा त्यस विपरित देवनागञ्ज गाउँपालिका ३ का वडा पदाधिकारीहरु र गाउँपालिका समेतले सुन्योजित रुपमा फारम भरे पनि अनलाईनमा आफ्नो नाम नचढाएको आरोप लगाएका छन् ।

मण्डलले निवेदनमा वडा कार्यालयले भुमिहिन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीको सूचना प्रकाशन गरेकोमा आफूले पनि सुकुमबासी दलित भएको फारम भरेर बुझाउँदा २०७९ साउन ९ गतेको वडा निणर्य अनुसारको सुचिमा दोस्रो नम्बरमा नाम भए पनि पालिकाले अपलोड गरेको अनलाईन फारममा आफनो नाम नभएकाले अन्यायमा परेको गुनासो गरेका छन् । वडा स्तरमा सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि नामावली प्रकाशन हुदाँ आफ्नो नाम नै नभएकाले अन्याय गरेको दावी सहित कानुनी कार्वाहीको माग गर्दै सुनसरी प्रसाशनमा उजुरी गरेको हो ।

उता आएको निवेदनको बारेमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको छ । प्रशासन कार्यालयको चलानी नम्बर १०१८ मार्फत सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]