०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

कृषिको यान्त्रिकीकरणमा पालिका अध्यक्ष मेहताको जोड

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, पुष ०४, २०८०

तस्विर : अजय मण्डल/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष बेचनप्रसाद मेहताले कृषिको यान्त्रिकीकरणमा जोड दिई कम लागतमा उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा, सुनसरीको प्राविधिक सहयोग तथा कृषि ज्ञान केन्द्र, सुनसरीको आयोजनामा “गहुँ बाली उत्पादन प्रदर्शन” (सुपर सिडर मेसिन बाट गहुँ रोपन) कार्यक्रम अन्तर्गत आज देवानगञ्ज गाउँपालिका वडा नं. ४ स्थितका स्थानीय किसान रामदेव मेहताको खेतमा राखिएको प्रदर्शनीमा गएको बेला सो कुरा बताउनु भएको हो ।

कृषिमा यान्त्रिकीकरणले किसान र उपभोक्ता दुवैलाई फाइदा हुने भएकोले यस्मा जोड दिनुपर्ने बताएका हुन् । पहले कृषि यन्त्रहरुको यति सारो विकास नभएको कारण किसानहरुलाई बालि लगाउन र भित्रयाउन निकै खर्चिलो हुनेगरेको थियो । तर अहिले सबै खाले बालिहरु यन्त्रको प्रयोग गरेर गर्न सकिने भएकोले यन्त्रको प्रयोग गरेर लागत घटाई उत्पादन बढाउन सकिने भएकोले यान्त्रिकीकरणमा जोड दिनुभएको हो।

‘सुपर सिडर’ प्रविधिबाट किसानले गहुँ छर्दा पटक पटक खेत जोत्नुपर्ने बाध्यता रहदैन । एकै पटकमा बाँजो जनिमा ट्याक्टरको सहायतले सुपर सिडर मार्फत गहु छर्ने, बाँकी रहेका नल, पराल काट्ने भएकोले परम्परागत तरिकाबाट गहुँ छर्नु भन्दा निकै कम लागतमा छर्न सकिने भएकोले सुपर सिडर मेसिनबाट गहुँ छर्न आग्रह गर्नुभयो ।

 

सुपर सिडर मेसिनबाट किसानले बाँझो जमिनमा गहुँ छर्दा सिडरले जोत्दै, त्यहाँ विउ छर्दै, रोटाबेटरले बीउलाई माटोमा मिलाउँदै जान्छ, जसले गर्दा पटक पटक माटो जोत्नुपर्ने, विऊ छर्नुपर्ने, रोटा बेटर लगाउनुपर्ने झन्झटबाट मुक्ती पाउने भएकोले आगामी दिनमा कृषि ज्ञान केन्द्र सुनसरी सँग सहकार्य गरेर “सुखी किसान देवानगञ्जको पहिचान” नारा अन्तर्गत बजेट व्यवस्थापन गरी केही मेसिन खरिद गरेर किसानहरूलाई प्रयोग गर्न दिईने समेत बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]