०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

वतावरण संरक्षणमा सरोकारवालाको जोड

Logo
नमो संवाददाता प्रकाशित बुधबार, पुष २५, २०८०

तस्विर : नमो अनलाईन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा पुस २५ गते वातावरण संरक्षणको लागि सरोकारबालाको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र कोशी विराटनगरको सहयोगमा मानव अधिकार समूहको आयोजनामा सम्पन्न भएको कार्यक्रमका सरोकारबालाहरुले वतावरण संरक्षणमा जोड दिएका छन् ।

कार्यक्रममा इन्सेक कोशी प्रदेश अधिकृत बागमती कट्टेलले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति, वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले देवानगञ्जमा सिङ्गो गाउँबस्ती, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति प्रतिवद्ध भई त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकृति तथा मानव बीचको सम्बन्ध अभिन्न अङ्ग रहनाले स्थानीय समुदायले विद्यालय, सडकबाटो सहित वन र जमिनको संरक्षण गरी वातावण संरक्षणमा गर्नुभएको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।

शिक्षक फागु मेहताले वतावरण संरक्षण चुनौतीपूर्ण विषय भएकाले सबैको हातेमाले गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी निरु मेहताले गाउँमा वतावरण संरक्षणका बारेमा सचेतना आवश्यक रहेको बताउजनुभयो ।

यसैबीच सरोकारबालाहरुको भेलाले देवानगञ्ज वातावरण संरक्षण सहयोग समिति रेखा सरदारको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा सवनव खातुत र सचिवमा अमनकुमार यादव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा फागु मेहता, जयप्रकाश पासवान, कोरेशा खातुन, पवन यादव, सरिता राम, रामकुमार पण्डित, निरु मेहता, रुवि साह र गुलावचन्द मेहता सहित रहनुभएको छ । कार्यक्रममा  शिक्षा शाखा प्रमुख राजकुमार मेहताले गाउँलाई स्वच्छ, सफा र सुन्दर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । सहभागी रुवी साह, मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डल,  इन्सेकका सहजकर्ता दिपेन्द्र झा, जनप्रतिनिधिहरु, शिक्षक, बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो । यसैबीच सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्वच्छ वातावरणमा बाँच्न र पढन पाउने अधिकार सुनिश्चित गरिनुपर्ने भन्दै कार्यक्रम चलाएको झाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]