०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

इटहरीमा अपराध नियन्त्रण, सुरक्षा र ट्राफिक व्यवस्थापनमा सिसि क्यामराबाट निगरानी गरिंदै

Logo
नमो संवाददाता प्रकाशित आइतबार, माघ १४, २०८०

इटहरी। सहरी विकाससँगै व्यापार, व्यवसाय, आर्थिक कारोबार, उद्यम बढ्दै गएपछि इटहरीमा सुरक्षा चुनौती पनि बढको छ । राजमार्गको चौरस्ता, आन्तरिक सडकको विस्तारले ट्राफिक व्यवस्थापनमा पनि सिसि क्यामराले महत्त्वपूर्ण योगदान गर्ने देखिएको छ ।

इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलका अनुसार उपमहानगरपालिकाले सिसि क्यामरा जडान गरेपछि अपराधका घटना र ट्राफिक दुर्घटनाको अनुसन्धानमा महत्त्वपूर्ण योगदान गरेको पाइएको छ ।

मङ्सिर १८ गते राती इटहरी-९ नविल बैङ्क काउन्टरमा एटिएम मेसिन फोड्न खोजिएको घट्नामा प्रहरीलाई सिसि क्यामराले सहज बनायो । फुटेजकै आधारमा चोरीको प्रयास गरिरहेकै बेला चोर पक्राउ परे ।

इटहरी-४ की मनमाया गुरुङको घर कम्पाउन्ड भित्रबाट चोरी भएको साइकल प्रहरीले सिसिटिभी फुटेजका आधारमा इटहरी-१० डुमरकटाका ३९ वर्षीय मनोज कार्कीबाट पक्राउ गर्‍यो ।

उक्त दुई उदाहरणले स्थानीय सरकारले इटहरीका शान्ति सुरक्षाका लागि प्रहरी, प्रशासनका लागि गरेको सहयोगीको भूमिका इटहरी उपमहानगरबासीले अनुभव गर्न थालेको छ ।

नगर प्रमुख पौडलका अनुसार उपमहानगरपालिकाले सहरलाई सुरक्षित राख्न सिसिक्यामरा जडानलाई तीव्रता दिएको छ । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै सिसिक्यामरा जडान गर्न थालेपछि सुरक्षित महसुस गर्न थालिएको उनले बताए ।

हाल राजमार्ग क्षेत्रको चारै नाका, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थल इटहरी-६ भित्री सडकमा समेत ८० भन्दा बढी सिसिक्यामरा जडान भएका छन् । राजमार्ग दक्षिण पश्चिम ८, पूर्व उत्तर ८, व्यस्त बजारहरूमा ८, चौक क्षेत्रमा ६ वटा, नेशनल गल्ली ८, बुधबारे हटिया एरियामा ६, सदकार्य टोलमा ६ वटा, सङ्गीत चौक, पारुहाङ चौकमा ४/४ क्यामरा जडान छ ।

जडान भएका सिसिक्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ ले गर्ने गरेको छ । विभिन्न स्थानमा जडान भएका सिसिक्यामराको डिस्प्ले मोनिटर तथा कन्ट्रोल निश्चित स्थानमा राखिएको छ ।

मनिटर कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालयमा छ । अन्य ठाउँका क्यामराको डिस्प्ले मोनिटर नजिकका कुनै सरकारी कार्यालय वा व्यवसायीसँगको सहकार्यमा राखिएका छन् । डिस्प्ले मोनिटर राखिएको ठाउँमा २४ सै घण्टा बिजुली तथा इन्टरनेटको सुविधा छ ।

इटहरीमा हुने अपराधका घटनाको अनुसन्धान गर्न सिसिटिभी फुटेज ठुलो प्रमाण बन्ने गरेको, चोरीका घटनामा चोरको पहिचान गर्न फुटेजले सहज भएको इटहरी प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले भने, ‘चोरी र एटिएम मेसिन तोडफोडको घटना दुवै सिसिटिभी फुटेज हेरेर दोषी पक्राउ गरिएको हो ।’

इटहरीमा थोरै जनशक्ति भएको अवस्थामा सिसिटिभी क्यामराले सहयोग पुराएको उनले बताए । डिएसपी कार्कीले भने, ‘कन्ट्रोल रुममा भएका सिसिक्यामरा हेरेर पनि धेरै कुराहरू निगरानी गर्ने गरिएको छ ।’

सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नको पहिचान तथा कारबाही गर्न सिसिक्यामराले सहज बनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलको भनाई छ ।

उनले भने, ‘दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालकलाई पक्राउ गर्न सिसि क्यामराले सहयोग पुराएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]