०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

टोल विकास समितिलाई सक्रिउ बनाउने इनरुवा नगरपालिकाको तयारी

Logo
अजित झा प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले नगर क्षेत्र भित्रमा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने भएको छ ।

आज बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रको १० वटै वडामा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

टोल विकास समितिको फाल्गुन मसान्त सम्ममा गठन÷पुर्नगठन गरेर टोल विकास समितिलाई सक्रिय बनाउने निर्णय गरेको प्रमुख भण्डारीले बताउनुभयो । त्यसैगरी कार्य पालिका बैठकले नगर क्षेत्र भित्रका १० वटै वडामा जनतासंग जनप्रतिनीधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

नगरपालिका प्रति जनताको गुनासो, समस्या सम्बोधन गर्ने गरी नगर क्षेत्र भित्रका १० वटै वडामा जनतासंग जनप्रतिनीधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]