०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन चतराधाममा सरसफाइ

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : नमो अनलाईन

वराहक्षेत्र । आगमि चैत्र २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहन शरण देवचार्य झाडु बोकेर सँगै सरसफाइ गरेका छन् ।

आज बिहीबार बिहान प्राचीन हरिद्वार चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर नगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

कुम्भ स्तर अगाडि, कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य सँगै नगर उप प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिका मातहतका कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख, तथा मातहतका सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको टोली, सशस्त्र प्रहरी वेश क्याम्प चतराका प्रमुख ज्यु एब् टोली, आदर्श माविका स्काउट टोली, राजनैतिक दलका स्थानिय प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरूको तथा स्थानिय सङ्घ संस्थाका पदाधिकारी एवम् स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरूलाई थप आकर्षित गराउन र चैत्र २७ गतेबाट आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइको आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन मेयर रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गरेका छन् ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरण बताए । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी सप्तकोसी नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ(जहाँ अमृत खस्यो त्यहाँ(त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ । भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ । साभार कपुरी न्यूज ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]