०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

शिव मन्दिर निर्माणका लागि इनरुवा नगरपालिकाबाट ५० लाख

Logo
अजित झा प्रकाशित शुक्रबार, माघ २६, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया दिने भएको छ ।

इनरुवा १ मा रहेको बालेश्वर शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया प्रदान गर्ने गरि बजेट बिनियोजन भएको छ । केदार भण्डारी इनरुवा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित भएर आएपछि इनरुवा १ मा निर्माणाधिन अवस्थामा रहेको बालेश्वर शिव मन्दिरका लागि ५० लाख रुपैयाँ दिने निर्णय भएको हो ।

यस अघि शिव मन्दिर निर्माणका लागि आर्थिक बर्ष २०७७÷०७८ मा इनरुवा नगरपालिकाले ८० लाख रुपैयाँ दिएको थियो भने पूर्व संघीय सांसद सिताराम मेहताले सांसद विकास कोषबाट १०÷१० लाख गरेर २० लाख र पूर्व प्रदेश सांसद राजिव कोइरालाले १० लाख रुपैया दिएको थियो ।

निर्वाचनका बेलामा जनता सामु गरेको प्रतिवद्धता अनुसार मन्दिर निर्माणका लागि यस पटक ५० लाख रुपैयाँ दिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

भोतिक पुर्वाधारको विकाससंगै नगर क्षेत्र भित्र रहेका मठ मन्दिरको संरक्षण तथा निर्माण गर्ने उदेश्यका साथ बालेश्वर मन्दिर निर्माणका लागि यस पटक ५० लाख रुपैया दिएको प्रमुख भण्डारीले बताउनुभयो ।

इनरुवा नगरपालिका सहित जिल्ला निकायबाट आएको बजेटको हिसाबले मन्दिर निर्माणको कार्य भइरहेको छ । इनरुवा नगरपालिका सहित बिभिन्न ठाउँबाट आएको बजेटबाट उपभोक्ता समिति निर्माण गरेर कार्य भइरहेको बालेश्वर शिव मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रमोद अर्चायले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]