०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सरस्वती पुजाका दिन अनिवार्य ड्रेस

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सरस्वती पुजाका दिन अनिवार्य रुपमा ड्रेस लगाएर विद्यालयमा आउनका लागि निर्देशन जारी गरेको छ ।

आज इनरुवा नगरपालिकाले एक सूचना जारी गर्दै सरस्वती पुजा मनाउनका लागि विद्यालयमा आउने विद्यार्थी बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पोशाक लगाउनका लागि आदेश गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

चाडपर्व तथा पुजाका नाममा केही विद्यार्थी बालबालिकाका कारणले समस्या उत्पन्न भएकाले अनिवार्य रुपमा विद्यालयमा आउने निजि तथा सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयको पोशाकमा आउनका लागि निर्देशन जारी गरेको प्रमुख भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]