०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

पुर्ण रुपमा पुल निर्माणको काम नसकिदा सर्वसाधारणलाई सास्ती

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, चैत्र ०७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । हात्ति छिर्यो पुच्छर अड्कियो उखानसँग मिल्दो हरिनगरा देखि रामनगर भुटाहा जोड्ने पुलको अवस्था भएको छ । हुलाकी राजमार्ग अन्तर्गत रामनगर भुटाहा हरिनगर सडकखण्डमा पर्ने मर्‍या खोलाको पुल बनेपनि ठेकेदारको लापरवाहीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत हरिनगर र रामनगर भुटाहा सडक खण्डमा पर्ने सो पुलको काम समयमा नसकिदा जिल्लाको सदरमुकाम पुग्नु पर्ने सुनसरी दक्षिणी भेगका जनतालाई आवतजावत गर्न असहज भई रहेको छ ।

राजमार्गको काम सम्पन्न भए पनि पुल निर्माणकोकाम आधाअधुरा छोडेर ठेकेदार वेपत्ता भएका छन् । राजमार्गको काम सुरु भए लगत्तै खोलामा पुल निर्माणको लागि सडक डिभिजन कार्यालय विराटनगरले विराटनगरकै कार्की बन्धु कन्सल्टेन्ट प्रालिलाई सो पुल निर्माण गर्नलाई ठेक्का दिएको थियो। वि.सं २०७४ साल माघ २६ गते ६ करोड ३३ लाख १९ हजार ५सय ठेक्का रकममा कार्की बन्धुलाई दुई वर्षमा निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो । तर तोकिएको समयबाहेक दुई पटक म्याद थप भए पनि पुल निर्माणको काम आधा मात्रै सकिएको थियो। दोस्रो पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्न सकेको थिएन त्यस पछि तेस्रो पटक म्याद थप गरिएको थियो।

पुलको काम पुर्ण रुपमा नसकिदा हरिनगरा र देवानगन्ज गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । त्यस्तै उखुकिसानहरु समेत प्रभावित भएका छन् । किसानले उतपादन गरेको उखु मिलसम्म पुर्याउन यही पुल पार गर्नु पर्छ तर पुल निर्माणकोकाम समयमा नसकिदा सास्ती खेप्नु परेको छ । दैनिक एक हजारको हाराहारीमा खोला तरेर ओहोरदोहोर गर्दै आएका स्थानीयहरूले जनप्रतिनिधि र ठेकेदारको लापरवाहीले पुलको काम समयमा सम्पन्न नभएको बताउँछन्।

उखु लग्दै गरेको एक किसानले भने पुल समयमा नबन्दा मिलसम्म उखु पुर्याउन कठिनाई भई रहेको छ । ठाडो ढलानले गर्दा उखु लोड गरेको गाडी पुलमा चढाउन निकै समस्या हुने गरेको छ । ट्याक्टर पल्टिने जोखिम पनि उतिकै छ तर जनप्रतिनिधिलाई भन्दा समेत कुनै ध्यान नदिएको बताउछन् ।

सो खोला विस २०१५ मा बीपी कोइराला प्रधानमन्त्री हुँदा भारतको लगानीमा सिँचाइको लागि सुनसरी खोलाबाट निकालिएको नहर हो। २०२६ सालमा सुनसरीको बाँध भत्किएपछि उक्त नहर खोलामा परिणत भएको हो। पटकपटक खोलामा बाँध बनाउने काम भए पनि दिगो नभएपछि २०४१ साल पछि मर्‍या खोलामा परिणत भएको बताइएको छ।

यस तर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]