०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

Logo
एजेन्सी । प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : फाईल

विराटनगर । विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो ।

डेटा रिसर्च कम्पनी ‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा सामसुङ ढुवानी २०.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ । तर  एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।त्यसैले याे दाेस्राे स्थानमा आएकाे छ ।

आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो ।

ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो ।

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस२४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। गत वर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो ।

त्यस्तै एप्पल १७.३, साओमी १४.१, ट्रानसेसन ९.९, अप्पो ८.७ र अन्यको २९.३ प्रतिशत ढुवानी रहेको छन् । पहिलो त्रैमासमा सामसुङले ६०.१ मिलियन स्मार्टफोन युनिट बजारमा ढुवानी गरेको छ । जुन सन् २०२३ को पहिलो त्रैमासभन्दा ०.७ प्रतिशतले कम हो ।

स्मार्टफोन बजारमा एप्पलको ढुवानी गत वर्षको तुलनामा ९.६ प्रतिशतले घटेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ । आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, मल्टीपर्पस […]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो । विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको […]