०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

शिक्षा क्षेत्र सुधार गर्न अनुगमन : अध्यक्ष अन्सारी

Logo
नमो संवाददाता प्रकाशित आइतबार, जेठ १३, २०८१

इनरुवा । सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमन प्रभावकारी गर्न लागेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभएको छ । कोशी गाउँक्षेत्रको शिक्षा सुधारमा आफू लागि परेको र शिक्षालाई मजाक बनाउनेलाई छुट नगर्ने बताउनुभयो ।

कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गाउँपालिकामा आफू निर्वाचित भएदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका साथै आवश्यकता अनुसार शिक्षकको व्यवस्था गर्दै पूर्वाधार विकासको लागि पहल गर्दै आएको बताउनुभयो ।

अध्यक्ष अन्सारीले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको बताउनुभयो । कोशी गाउँपालीकाले प्रअ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिले समयसापेक्ष शिक्षा क्षेत्रको अनुगमन गर्ने गरी काम थाल्न शिक्षा शाखा र वडाका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

शिक्षाका लागि संविधान र कानुनले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उहाँको दाबी छ । गाउँपालिका क्षेत्रमा संचालित सामुदायिक विद्यालयमध्ये श्री राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपूरमा अंग्रेजी माध्यमबाट पढाइ थालिएको र अन्य सामुदायिक विद्यालयमा यसको सुरुवात गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारी बताउनुभयो  । कम्तीमा आधारभूत तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाटै गराउन सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]