०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

गिरी फाउन्डेसनले गरे विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

Logo
नमो संवाददाता प्रकाशित आइतबार, जेठ १३, २०८१

विराटनगर । समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिकास्थित एक विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बुधबार कटहरी (४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् ।

उक्त विद्यालयलाई ६० हजार रकम बराबरको कापी (कलम, ह्वाइट बोर्डलगायत शैक्षिक सामग्री र फुटबल सहयोग गरिएको अध्यक्ष गिरीको भनाइ छ ।

विपन्न विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयमा यस्ता सामग्री वितरण गर्न पाएकोमा खुसी महसुस गरेको उनले बताए ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री दिन पाउँदा उनीहरूको हौसला बढ्छ जस्तो मलाई लाग्छ, उनले भने, ह्वाइट बोर्ड दिँदा पठन(पाठनमा अझ सहजता थप्छ । खेलकुदतर्फ लाग्न प्रेरित गर्नकै लागि यसपालि फुटबल पनि वितरण गरेका छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]