०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

मदर्शाको नाममा भ्रष्टाचार, स्थानीयले गरे छानविनको माग

Logo
जयकृष्ण यादव प्रकाशित शुक्रबार, साउन ११, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सनुसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नरसिंहको मदर्शा दारुल इमान, इमान नगरको नाममा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीयबासीले छानविनको माग गर्दै प्रदर्शन गरेका छन् ।

गाउँका बालबालिकाहरुलाई पढाउने उदेश्यका साथ २४ वर्षअघि स्थपना भएको धार्मिक विद्यालय मदर्शा दारुल इमामन इमान नगरको नाममा एकै परिवारका प्रधानाध्यापकदेखी शिक्षकसम्म पारेर आर्थिक अनियमितता र व्यापक भ्रष्टाचार गरेको भन्दै स्थानीयबासीले छानविनको माग गर्दै प्रदर्शन गरेका हुन् । बुधबार भोक्राहा नरसिंह गाउँपालिका ६ नरसिंहको मदर्सा दारुल इमामन इमान नगरको गेटमा मदर्शाको आर्थिक हिसावकिताव सार्ववनिक गर्नुपर्ने, सरकारी अनुदानको दुरुपयोग बन्द गर्नुपर्ने, मदर्शाको पठनपाठन नियमित गर्नुपर्ने, अवैध रुपमा संचालन गरेको लीली बनाथ ९छात्रा आवाशिय विद्यालय० बन्द गर्नुपर्ने, एकमुस्ट अनुदान, छात्रवृति, पाठ्यपुस्तक र खाजाको नाममा भएको व्यापक भ्रष्टाचारको छानविन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

मदर्शाका अभिभावक सगिर मियाँका अनुसार सामान्य शैक्षिक योग्यता नपुगेकाहरुलाई शिक्षकमा राखेर मदर्शा दारुल इमामन इमान नगरका प्रधानाध्यापक फैजान आलम र व्यवस्थापन समितिका अध्यक्ष जिबराईल अंसारीले भ्रष्टाचार गरेको हो ।

स्थानीयबासीले प्रअ फैजान आलमले आफ्नै दाईभाई छोरी र भाउजुलाई शिक्षकमा राखेको र सरकारी अनुदनाको दुरुपायोग गरेकाले छानविन गरि कार्वाहीको माग गरेका स्थानीय सतार अंसारीले जानकारी दिनुभयो ।

प्रअ फैजानले दाजु आजाद जमाल, भाउजु फरजना खातुन, साजदा खातुन र छोरी रुकसना खातुनलाई शिक्षक, कर्मचारी र बालविकासको नाममा नियुक्ती दिएर राखेको स्थानीयहरुलाई उदृत गर्दै अंसारीले बताउनुभयो ।

अर्का स्थानीय मो। सलिम अंसारीले खुल्ला प्रतिस्प्रधा प्रकृयाबाट शिक्षक नियुुक्ती गर्नुपर्नेमा परिवारवादमा लिप्त भएको, भारत तथा अन्य विदेशी दातृ निकायबाट आएको सहयोग प्रअ र विव्यस अध्यक्षले आफै खाएको आरोप लगाउनुभयो । उहाँले इस्लामिक संघ सहितको विभिन्न दातृ निकायबाट आउने सहयोग तथा सरकारी निकायबाट आउदै अनुदान सहितको सहयोगको चरम दुरुपयोग गरेको र गैरकानुनी रुपमा सरकारी अनुमती समेत नलिई भारतीय बालिकाहरु राखी छात्रा विद्यालय तथा छात्राबास सञ्चालन गरेको आरोप लगाउनुभएको छ ।

यसैबीच साउन ८ गते मंगलबार मात्रै भोक्राहा नरसिंह गाउँपालिका न्यायिक समितिमा स्थानीय सगिर मियाँ सहितले विगतदेखी हालसम्मको आर्थिक हरहिसाव सार्जजनिक गर्नुपर्ने, शिक्षाबाट आएको अनुदानमा अनियमितता लगायतका १० बुदे माग राख्दै निवेदन दिनुभएको छ ।

उक्त निवेदनमा भनिएको छ, मदर्शामा रहेको पुरानो मस्जिलको भवन गैरकानुनी रुपमा भत्काई पुरानो इट्टा, छड, झ्यालढोका, टंकी, मोटर, पंखा लगायतको परिवारमै बाडीचुडी खाएको, छात्रा छात्रवृति, पाठ्यपुस्तक वितरण नगरेको र छाजा समेत नखुवाइएको, विधार्थी उपस्थिती भएको भन्दै धेरै नक्कली फर्जी विधार्थी देखाई अनियमितता गरेको छ । यसको छानविन गरिदोषीलाई कार्वाही गर्नुपर्छ ।

मदर्शा जस्तो पवित्र धार्मिक शैक्षिक संस्थालाई प्राईभेट लिमिटेड जस्तो बनाएको, मदर्शा दर्ता गरि मागि खाने भाडोको रुपमा अर्को अवैधानिक बनात सञ्चालन गरेको, मदर्शामा फोहोर गरेको, दुर्गन्ध बढाएको, वर्षौदेखी जुम्माको दिनमा उढ्ने किराई रकममा अनियमितता गरेको, खेल मैदानको व्यवस्था नगरि आर्थिक अनियमिततामा उत्रेकाले त्यसको स्थलगत निरिक्षण, अबलोकन तथा अनुगमन गरि कार्वाही गर्नुपर्ने माग गरिएको छ ।

उता मदर्शाका सचिव मो। आजादले आफूहरुले सेवाका लागि योग्यता पुगेका एकै परिवारका पाँच जनालाई शिक्षकमा राखेको स्विकार गर्नुहुदै यसको नाममा भने कुनै अनियमितता र भ्रष्टाचार नभएको दावी गर्नुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाले उक्त मदर्शामा व्यापक अनियमितता भएको भन्दै मंगलबार मात्रै न्यायिक समितिमा १० वुदे माग सहितको निवेदन आएको जानकारी दिनुहुदै त्यसको बारेमा स्थथलगत निरिक्षण तथा अनुगमन गरि कार्वाही प्रकृया अगाडि बढाएको प्रतिकृया दिनुभयो । मदर्शामा ९ जना शिक्षक कर्मचारी रहेका छन् भने ११९ विधार्थी अध्ययनरत्त रहेका मदर्शाका सचिव मो। आजादले जानकारी दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा अध्यक्ष सेराजुद्धिन अंसारीले मदशर्मामा आफूहरु आउनुभन्दा अगाडि देखी अनियमितता र अपारदर्शिताको गुनासो सुन्दै आएको प्रतिकृया दिनुभयो । उहाँले शिक्षा शाखा र भोक्राहा नरसिंह गाउँपालिकाले अनुगमन गरि एक हप्ताभित्र आवश्यक कार्वाही गर्ने तयारी गरेको प्रतिकृया दिनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा सदस्य तथा कार्यपालिका सदस्य जरिना खातुनले मदर्शालाई परिवारबादमा लिप्त बनाएको र अनियमिततामा लागेको गुनासो आएपछि गरिएको अनुगम नको क्रममा बालविकास देखी कक्षा ७ सम्म विधार्थी भन्दा दोब्बरको हाजिरि गरेको पाइएको बताउनुभयो । उहाँले रजिस्टरमा भएको विधार्थी विवरण अनुसार बालविकास केन्द्रमा ५ वर्ष माथि १४ वर्ष उमेर समूहका बालबालिकाहरु समेत रहेको देखिएको बताउनुभयो । बालविकास केन्द्रमा ५ वर्ष मुनिका बालबालिकाहरु हुनुपर्नेमा उमेर बढी भएको विधार्थी राखेर अनियमतिता गरेको तथा जनप्रनिधिलाई समेत अनुमगन र कक्षा प्रवेशमा रोक लगाएको गुनासो गर्नुभयो ।

विधार्थीहरुले मदर्शा भन्दा विधार्थीले बनातको नामले मात्रै चिनेकाले गैरकानुनी काम भएको प्रष्टै देखिएको खातुनको प्रतिकृया रहेको छ । कक्षा ५ का विधार्थीलाई प्रअको नाम थाहा नभएको पाइएको समेत बताउनुभयो । केही सरकारी विधार्थी र नीजि विद्यलायका विधार्थीको नाम देखाएर र केही भारतीय बालिकाहरु राखेर भ्रष्टाचार गरेको दावी गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]