०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

जितिया पर्वको अवसरमा देवानगञ्जमा सार्वजनिक बिदा

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन १८, २०८०

तस्विर : फाईल

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्रदेवानगञ्ज गाउँपालिकाले भोलि शुक्रवार नेपालको तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा स्थानिय बिदा दिएको छ ।

मिथिला क्षेत्रका महिलाहरुले बिशेषगरी विवाहित हिन्दु नारीहरुले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म निहार ब्रत बसी मनाउने जितिया पावैन (पर्व) मा स्थानिय बिदा दिने निर्णय गरेको गउँपालिकाका प्रशासकीय अधिकृत मचिन्द्र थलङ (लिम्बु) ले जानकारी गराएका छन् ।

गाउँपालिकाले जारी गरेको सुचना :

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]