काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन् । विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् । सोमबार विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरूले […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकालाई संघीय सरकारले दिदै आएको अनुदान लगायतका अन्य शीर्षकबाट बजेट कटौती गर्दा आगामी आर्थिक वर्षमा विकास निर्माणको कार्य प्रभावित हुने भएको छ । संघीय सरकारले वित्तिय सामान्यीकरण अनुदान तर्फ तेस्रो किस्ताको रकम पठाउँदा पछिल्लो समय दुई करोड ४७ लाख ७७ हजार पाँच सय रुपैयाँ मात्र पठाउदा समस्या भएको […]
इनरुवा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म […]
भक्तपुर । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरूको भीड निकै बाक्लो भयो। बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो […]
गोरखा । सामुदायिक विद्यालयको कक्षा १ मा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले १ लाख रुपैयाँको स्वास्थ्य बिमा गरिदिने भएको । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको नगरप्रमुख कृष्ण रानाले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले […]
काठमाडौं । बैैंकहरुको ब्याजदरमा घट्दो ट्रेन्ड छ । बैंकहरुको निरन्तर ब्याजदर घट्दा मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताभन्दा कर्जा लिने ग्राहकलाई धेरै फाइदा भएको देखिएको छ । बैंकहरुले बैशाख महिनाका पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत कायम भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटीरहेको छ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ […]
विजयपुर । वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का नाममा नेपालका विभिन्न स्थानमा भएका सम्पत्ति बैङ्कले लिलामी बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । प्राइम बैङ्कले चैत २८ गते लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाएको हो । बैङ्कले विभिन्न स्थानका घरजग्गा, सवारी साधन तथा कम्पनीहरू लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैङ्कले पटक–पटक मौखिक […]
विराटनगर । नयाँ वर्ष शुभारम्भ भएको छ । २०८१ सालमा प्रवेश गरेका छौं । २०८० सालका तितोमैलो, खैलो बैलो सबैलाई आजैदेखि पखालेर नयाँ संकल्प गरौं । अब नयाँ वर्षदेखि नयाँ ढंगले जनताको सरकार, जनपक्षीय सरकार, स्थिर सरकार, औचित्यतासहितको प्रदेश सरकार र समृद्ध प्रदेश, सुशासनमुखी प्रदेशको रुपमा जानका लागि तपाई हाम्रो फेरि सौहाद्रता बढोस् । मेरो […]