इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सरस्वती पुजाका दिन अनिवार्य रुपमा ड्रेस लगाएर विद्यालयमा आउनका लागि निर्देशन जारी गरेको छ । आज इनरुवा नगरपालिकाले एक सूचना जारी गर्दै सरस्वती पुजा मनाउनका लागि विद्यालयमा आउने विद्यार्थी बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पोशाक लगाउनका लागि आदेश गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । चाडपर्व […]
इनरुवा । सुनसरीको दुहबी नगरपालिका–८ का ३ सय ६६ जनालाई निस्सा वितरण गरिएको छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक कार्यक्रमका बीच नाप नक्साको निस्सा बितरण गरिएको दुहबी ८ का अध्यक्ष तारिकचन्द सरदारले बताउनु भयो । दुहबी–८ मा रहेका अव्यवस्थित बसोबासी ३७ जना, भुमिहिन दलित १३५ जना र भुमिहिन सुकुम्बासी १९४ जना […]
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रका पदाधिकारीसँग एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन् । जनयुद्ध दिवसको अवसरमा तत्काल लागु […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया दिने भएको छ । इनरुवा १ मा रहेको बालेश्वर शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया प्रदान गर्ने गरि बजेट बिनियोजन भएको छ । केदार भण्डारी इनरुवा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित भएर आएपछि इनरुवा १ मा निर्माणाधिन अवस्थामा रहेको बालेश्वर […]
बर्जु । सुनसरीको सिमावर्ती क्षैत्र बर्जु गाउँपालिकाको उपाध्यक्ष नितु कुमारी चौधरीले आफुमाथि लगाएको आरोप निराधार रहेको बताएकी छिन् । बिहिवार पत्रकार सम्मेलन गर्दै संचार माध्यममा आएको समाचारमा आफु माथि लागाएको आरोपको खण्डन् गर्दै निराधार रहेको बताएकी हुन् । बिना आधार प्रमाणको समाचार सम्प्रेसन गरेर मेरो श्रीमान्को नाम जोडि मलाई बद्नाम गर्ने तथा मेरो अध्यक्ष बिच […]
बर्जु । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जिवक्ष रायले विज्ञप्ती जारी गर्दै भ्रामक र अपूष्ट समाचार प्रति खेद प्रकट गरेको छ । नेपालको संविधानको धारा १७० ले सबैलाई विचार अभिव्यक्तिको स्वतन्त्रता लाई प्रत्याभूत गरेको छ । आफ्नो विचार अभिव्यक्त गरिरहदा कसैको चरित्र हत्या हुने तथा समुदाय विचको सम्बन्धमा खलल पुग्ने विषयमा सचेत रहनु पर्दछ । तर […]
वराहक्षेत्र । आगमि चैत्र २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहन शरण देवचार्य झाडु बोकेर सँगै सरसफाइ गरेका छन् । आज बिहीबार बिहान प्राचीन हरिद्वार चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर […]
इटहरी । पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । भवन निर्माण भए सँगै अत्याधुनिक […]
भाण्टावारी । कोशी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुशाहा कि एक युवतीको विवाहको अन्तिम तयारी चलिरहँदा अर्नाको आक्रमणमा परी ज्यान गएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षको संरक्षित क्षेत्रबाट बस्तीमा पसेको अर्नाको आक्रमणबाट स्थानीय २०÷२२ वर्षकी रञ्जुकुमारी मुखियाको अर्नाको आक्रमणमा परी ज्यान गएको हो । शनिबारका दिन अन्दाजी २÷३ बजे दिउँसोको समयमा कोशी टप्पुको संरक्षित […]
बर्जु । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ ले वडाका विपन्न परिवारका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विपन्न परिवारका बिद्यार्थीहरु अध्यनरत रहेको सामुदायिक बिद्यालयमा गएर जाडोमा लगाउने स्विटर वितरण गरेको हो । वडाध्यक्ष दिलबहादुर गुरुङ्गले वडामा रहेका श्री लक्ष्मी आधारभूत विद्यालय बर्जु, बुग्डहरी र श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत रहेको विपन्न परिवारका […]