०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

इटहरीको अम्बे कोसी सहकारी संस्थाका अध्यक्ष सहित चार जना पक्राउ

Logo
नमो अनलाईन प्रकाशित शनिबार, मंसिर ०९, २०८०

तस्विर : फाईल

हरिनगर । इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सञ्चालकहरूलाई पक्राउ गरेको हो ।

संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मिका अनुसार बचत कर्ता उजुरीका आधारमा पक्राउ गरिएको हो । अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले थप केही भन्न नसकिने उनको भनाइ छ । पछिल्लो समय सहकारी तथा वित्तीय क्षेत्र संवेदनशील बन्दै गएकाले प्रहरीले गम्भीर रूपमा लिएको रेग्मीले बताए ।

लामो समयदेखि बचतकर्ताहरूले बचत रकम फिर्ता नगरेको भन्दै सहकारी सञ्चालकलाई दबाब दिँदै आएका थिए । सञ्चालकले ४० करोड भन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने बचतकर्ताहरूको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]