०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

युद्धविरामको दोस्रो दिन हमासले छाड्यो १७ बन्धक, इसराइलले ३९ कैदी

Logo
नमो अनलाईन प्रकाशित आइतबार, मंसिर १०, २०८०

तस्विर : फाईल

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ।

सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ।

इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ।

युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन्।

युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन्। त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन्।

इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इसराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]