०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

देवानगञ्जमा नेपाल भारतको सम्बन्ध माथि चर्चा

दूईदेशको सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वरिपरी बस्ने स्थानीयको नजरले हेर्ने सुझाब
Logo
नमो संवाददाता प्रकाशित सोमबार, मंसिर ११, २०८०

तस्विर : नमो अनलाईन

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।

नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको कथन थियो ।

नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको पनि उहाँहरुले वताउनुभयो ।

नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा वक्ताहरुले भने – दूबैदेश वीच सम्बन्ध खराब हुने कार्य कतैवाट हुनु हुँदैन् ।

संविधानसभा सदस्य मुंगालाल मेहतले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ वताउनुभयो ।

हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्व शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिमा जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन । अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा धेरै समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो र प्रगाढ छ ।

नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् । उहाँले भन्नुभयो मुख्य कुरो दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिनु हुँदैन ।

नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् उहाँको कथन थियो ।

नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति (इ. पि.जी) ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको कार्यको आफूहरु स्वीकार नगर्ने बताए । केही व्यक्ति नेपाल भारतको सम्बन्ध खराब गर्नमा लागि परेको बताउँदै उहाँले भन्नुभयो – खराब गर्ने तत्वको खोजी गरी सार्वजनिक गनुृपर्छ ।

खुला सीमाका कारण तस्करी र आतंकवाद बढ्दै गरेको चर्चा गर्नु नै गलत रहेको चर्चा गर्दै झाले भन्नुभयो तस्करी र आतंकवाद सुरक्षाकर्मीको गैरजिम्मेवारिताका कारण मात्रै हुने गरेको छ । काठमाडौ एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन पक्राउ पर्नु तथा आजका दिन नोभेबर २६ मा मुम्बईमा भएको आतंकी हमला र भारतको संसदमा भएको आक्रमण घटना खुला सीमाका कारण नभएको सत्यलाई बुझ्न  पर्नेमा जोड दिनुभयो ।

भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरवाट पनि समाधान गर्नुपर्ने वताए । उहाँले भन्नुभयो सीमामा सुरक्षाको कुनै समस्या छैन जनस्तरवाटै सुरक्षा भइरहेको जानकारी दिए ।

बुर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या देखाइएको छ त्यस्तो नरहेको बताउनु भयो । हामी एक अर्कासँग परिवार जस्तै रहिरहेको बताए । सीमामा सुरक्षाकर्मीले हामी जस्तोलाई समस्या गरिरहेको छ भने अरुलाई अझै कस्तो समस्या गर्दै होला सहजै बुझन सकिन्छ बताउँदै उहाँले भन्नुभयो मेरो भारतमा केही बिघा जग्गा छन् त्यसमा उब्जेको धानलाई नेपाल ल्याउन समस्या गरिरहेको छ ।

लोसपाका सहमहासचिव संतोष मेहताले कार्यपत्र प्रस्तुत गर्दै सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको छ । उक्त सन्धीको बुँदा नम्बर ७ मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ बताउनुभयो ।

देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले खुला सीमाका कारण जति यो क्षेत्रको विकास भइरहेको छ त्यति सीमा बन्द गरेर हुन नसक्ने बताइन । उहाँले खुला सीमाका कारण हामी नेपालीले उपचारका लागि सहजै भारत जान पाउँछौ, पढनका लागि पनि उता जान समस्या हुँदैन बताइन ।

कार्यपत्र प्रस्तुत गर्दै जनकपुरधामका पत्रकार सुजीतकुमार झाले भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक रहेको उल्लेख गरेका छन् ।

कहिलेकाहिँ खुला सिमानाको चर्चा हुन्छ । तर, यो कुराको चर्चा हुँदैन कि युरोपियन युनियन बन्नुभन्दा पहिल्यै नेपाल र भारतबीच खुला सिमाना थियो । युरोपियन युनियनका मुलुक एक–अर्काबीच खुला हुँदा केही नहुने, नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको खुला सीमानालाई सम्पत्ति (एसेट)का रूपमा हामीले किन प्रयोग नगर्ने ? यसमा विहंगम बहस जरुरी छ सो कार्यपत्रमा उल्लेख रहेको छ ।

नेपाल भारत खुला सीमा संवाद समूह सुनसरीका जिल्ला संयोजक राकेश महतोको अध्यक्षतामा भएको सो समारोहमा जसपाका केन्द्रिय सदस्य दिनेश मेहता, लोसपा सुनसरीका जिल्ला अध्यक्ष रामनारायण यादव, अनिलकुमार झा, राष्टिय स्वतन्त्र पार्टीका वीरेन्द्र केएम, एम नेपालका चुन्नी खातुन, रामविलास मेहता, मोहरम अन्सारी लगायतले आफ्ना कुराहरु राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]