०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग नजोडौ : मुख्यमन्त्री कार्की

प्रतिस्थापित बजेटमा पहिचानलाई प्रदेशमा स्थापित गर्ने विषयहरू समेटिएकोमा ध्यानाकर्षण
Logo
नमो संवाददाता प्रकाशित शनिबार, मंसिर १६, २०८०

तस्विर : फाईल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग जोडेर हेर्न नहुने बताउँदै प्रतिस्थापित बजेटमा पहिचानलाई प्रदेशमा स्थापित गर्ने विषयहरू समेटिएकोमा ध्यानाकर्षण गराएका छन् ।

अध्यादेश मार्फत आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक पारित भई प्रमाणीकरणको लागि मुख्यमन्त्री कार्की शुक्रवार प्रदेश प्रमुख परशुराम खापुङसंग भेट गर्न पुगेका थिए । उक्त अवसरमा मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङ बिच पहिचानको विषयमा कुराकानी भएको हो ।

मुख्यमन्त्री कार्कीले पहिचानलाई भाषा, संस्कृति र परम्परासँग जोडेर हेरिनु पर्ने बताए । उनको भनाई पहिचानको मुद्दालाई राजनीतिक फाइदासँग जोडेर मात्र हेर्न नहुने भन्ने थियो । उनले बजेटमा पहिचानलाई समेट्ने प्रयास गरेको दाबी गरे ।

प्रदेश सरकारले फाल्गुनन्द भाषा संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा संस्कृतिको विकास गर्ने योजना बनाएको उल्लेख गर्दै तुवाचुङ र खुवालुङ जस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि ठोस योजना बनाएको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराए ।

प्रदेश प्रमुख एउटा ‘सेरमोनियल’ मात्र नभई प्रदेशको अभिभावक भएको बताउँदै मुख्यमन्त्री कार्कीले आयातित संस्कृतिले अतिक्रमण गरिरहेको अहिलेको अवस्थामा समाजमा रहेको मौलिक संस्कृति जोगाउनु चुनौती बढेको स्मरण गराए ।

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनलाई मसिनो रूपमा हेर्न आग्रह गर्दै यसको जटिल पक्षमा समेत ध्यान दिन सुझाव दिए । पहिचानको मुद्दालाई वार्ता, संवाद र सहकार्यको माध्यमबाट सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कार्कीले मङ्सिर १३ गते प्रदेशसभाबाट सर्वसम्मत पारित भएको बजेटमा समावेश कार्यक्रमबारे प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

बजेटमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान, हात्तीमैत्री जङ्गल, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण लगायत कार्यक्रम रहेको प्रदेश प्रमुख खापुङलाई जानकारी गराए ।

सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन गर्ने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा गर्ने कार्यक्रम ल्याएको छ ।

२५ लाख रुपैयाँ भन्दा माथिका योजनालाई सरकारले समेटेको छ । हरेक पालिकाबाट कृषि पशु क्षेत्र र चिकित्सा अध्ययनका लागि छात्रवृत्ति जस्ता कार्यक्रम घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]