०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

बसको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीको गाडीमा तोडफोड

Logo
नमो संवाददाता प्रकाशित सोमबार, पुष १६, २०८०

दाङ। दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन्।

सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्यान मावी दुधरासमा कक्षा ३ मा पढ्ने ८ वर्षीय सागर चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

विद्यालय बिदापछि घर जाँदै गरेका चौधरीलाई तुलसीपुर उपमहानगरपालिका–१८ मा बसले ठक्कर दिएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका हुन्। प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

‘घोराहीस्थित जिल्ला अदालतमा बयान र म्याद थपका लागि लगिएका थुनावाहरू लिएर फर्किँदै गरेको हाम्रो गाडीमा तोडफोड र ढुंगामुढा भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ।’

घटना लगत्तै चालक बस छोडेर भागेको प्रहरीले बताएको छ। विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो।

अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएका छन्।

बालकको शव पोष्टमर्टमको लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा ल्याइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]