०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

ज्ञानेन्द्र बहादुर कार्कीले जबर्जस्ती शिलन्यास गरेको सडकको निर्माण कार्य देवानगञ्जबाट सुरु

Logo
नमो अनलाईन प्रकाशित बुधबार, जेठ ०३, २०८०

फोटो : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका देखि इनरुवा जोडने नयाँ सडकको आज एक कार्याक्रमकाबीच देवानगञ्ज बाट निर्माणकार्यको शुभारम्भ गरिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास एकोहोरो रुपमा जवरजस्ती इनरुवामा गरेका थिए ।

तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगञ्जमै हुनुपर्ने चौतर्फी अवाज उठेपछि पुर्वाधार विकास कार्यालय, बिराटनगरले बाध्य भएर अर्को एक कार्यक्रमको आयोजना गर्दै देवानगञ्ज ६ राजगञ्ज सिनुवारीबाट निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

उक्त नयाँ सडकको आजैदेखि निर्माणकार्य सुरु भएको छ भने स्थानीयले समेत खुसी हुँदै साथ दिएका छन् ।

यसअघि कार्कीद्वारा गरिएको उल्टो शिलन्यासको आजदेखि औचित्य समाप्त भएको स्थानीयहरुले बताएका छन् ।

यसअघि कार्कीको शिलान्यास इच्छा पुरा गराउन सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर इनरुवा स्थित हनुमान चोकमा शिलान्यास गराइएको थियो । तर उक्त कार्यक्रमको क्षेत्र नम्बर २ का स्थानीय देखि संघ सम्मका प्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।

कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालय, बिराटनगर अन्तरगतको उक्त बहुवर्षे योजनाको १० किलोमिटर सडक यो आर्थिक वर्षमा ठेक्का लागेको हो ।

कार्यालयका प्रमुख शुसिल श्रेष्ठका अनुसार यो ठेक्काको कार्य ३ वर्षमा पुरा गर्नुपर्ने छ । जम्मा ३२ करोडको उक्त कार्य गर्न ठेकेदारले यस आर्थिक वर्षमा रु ५ कारोड पाउने छन् ।

निर्माणकार्यको शुभारम्भ कार्यक्रमा अध्यक्षता गरेका देवानगञ्ज गाउँपालिका पालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले यो इनरुवा बाट निर्माण कार्य सुरु भएको भए १० बर्ष सम्ममा पनि देवानगञ्ज सम्म पुग्ने थिएन भनेका छन्। हामी यस क्षेत्रका जनप्रतिनिधिहरु हातेमालो गरेर यो सडकको निर्माण कार्य देवानगञ्ज बाट सुरु गरेको बताउनुभयो यो सडक निर्माण पछि देवानगञ्ज को समग्र विकासमा धेरै ठुलाे सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का प्रदेश सांसद रामप्रसाद मेहताले यो सडक देवानगञ्ज बाट निर्माण कार्य सुरु गराउन निकै संघर्ष गरेको बताउनु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास कोशी प्रदेश मन्त्री दुर्गा प्रसाद चपागाईले आफुलाई भ्रममा राखेर इनरुवामा शिलन्यास गरिएको बताउनुभयो। कुनै पनि आयोजना उद्योगम बिन्दु बाटनै सुरु गर्नु पर्छ। त्यसै स्वरुप आज देवानगञ्ज बाट नै कामको शुभारम्भ गरिएको बताउनुभयो।

सुनसरी दक्षिणीभेग अभियन्ता वीरेन्द्र केएमले यसअघि नै देवानगञ्जमै हुनुपर्ने शुभारम्भकार्य ढिलै भएपनि आजबाट निर्माणकार्य सुरु भएर दक्षिणीभेगको जीत भएको बताएका छन् ।

‘यो देवानगंजको जीत हो, अब देवानगंजका बासिन्दा सचेत भइसकेका छन् ।’ उनले भने -‘कुनै नेताले आफ्नो पावर लगाएर देवानगंजको आयोजनालाई जर्वजस्ती इनरुवामा शिलान्यास गराएपनि अन्ततः त्यो गलत ठहरिएको छ ।’

उक्त नयाँ सडक देवानगंज गाउँपालिकाको वडा नम्बर ६ अर्थात् रासीको चमैनिया पोखरीबाट सुरु भएको उक्त बाटो सोही पालिकाको इट्टाभाट्टा क्षेत्र हुँदै, गौतमपुर हुँदै, जल्पापुर ठूलो मदर्सा हुँदै, साबिक बबिया वडा ८ हुँदै, खत्वे टोल, यादव टोल, साहु टोल हुँदै, जयनारायण भुजा मिल हुँदै, रामजानकी मन्दिर हुँदै, कुसुम गाछी हुँदै हालको इनरुवा ६ मा रहेको शसस्त्र क्याम्प हुँदै हनुमान चौकबाट राजमार्गमा जेडिनेछ । यो पुरै एरिया सुनसरी २ हो र यसमा ५०० मिटर मात्र सुनसरी ४ को क्षेत्र पर्छ । पुर्वाधार कार्यालयाका अनुसार यस बाटोको जिरो पोइन्ट देवानगञ्ज ६ हो ।

यो बाटोको रेखाङ्गकन तत्कालीन संविधानसभा सदस्य सिताराम मेहता मार्फत भएको थियो । २०७२ सालमा मेहता भौतिक योजना राज्यमन्त्री भएपछि मन्त्रालयले उक्त बाटोको डिपिआर गराएको थियो ।

त्यसपछि लोसपा नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी मन्त्री बनेपछि उनका स्वकीय सचिव सनतोष मेहताले उक्त सडकलाई राष्ट्रिय योजनाको सडकसँग जेडाएका थिए ।

त्यसपछि उक्त योजना प्रदेश सरकार मातहतमा हस्तान्तरण भएको थियो । बहुबर्षे योजना अन्तरगत तत्कालिन प्रदेश सांसद राजीव कोइरालाको पहलमा यस आर्थिक वर्षबाट बजेट छुट्याईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ। भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग […]

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय […]