०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

अपराजित एपीएफलाई कोशीको चुनौती, कसले जित्ला उपाधि ?

Logo
नमो संवाददाता प्रकाशित बुधबार, पुष १८, २०८०

तस्विर : फाईल

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज अपराजित एपीएफ र कोशी प्रदेश भिड्दैछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

यसपटक राउण्ड रोविन लिगमा भएको प्रतियोगितामा एपीएफ लिग चरणमा अपराजित रहँदै पहिलो र कोशी दोस्रो स्थानमा थियो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई नै हराएर फाइनल पुगेको थियो ।

यस्तै कोशीले भने एलिमिनेटरको विजेता तथा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई हराएर फेरि एपीएफसँग फाइनलमा भेट पक्का गरेको हो ।

यस संस्करणमा एपीएफ सबै ८ खेलमा अपराजित छ । फाइनल पुग्ने क्रममा एपीएफले कोशी प्रदेशलाई पनि दुईपटक हराइसकेको छ ।

लिग चरणमा एपीएफले कोशीलाई ८ विकेटले सहजै पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई ५२ रनले पराजित गरेको थियो ।

कोशीले यस संस्करणमा ९ खेल खेल्दा ७ खेल जितेको छ भने एपीएफसँगको २ खेलमा पराजित भएको थियो ।

त्यसैले फाइनलमा एपीएफ फेभरेट देखिन्छ । एपीएफ अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहँदा कोशी एपीएफविरुद्ध बदला सहित उपाधि जित्न चाहन्छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गरिरहेको प्रतियोगिता पहिलोपटक राउण्ड रोविनका आधारमा खेलाइएको हो । जसले गर्दा खेलाडीले धेरै खेल खेल्ने अवसर पाएका हुन् ।

व्यक्तिगततर्फ पनि एपीएफ र कोशीका खेलाडी उत्कृष्ट प्रदर्शनमा अघि छन् । कोशीकी कप्तान रुबिना क्षेत्रीले ९ खेल खेल्दा दुई अर्धशतकसहित सर्वाधिक २८३ रन बनाएकी छन् ।

दुई अर्धशतक नै प्रहार गरेकी एपीएफकी इन्दु बर्मा २३१ रन सहित सर्वाधिक रन बनाउनेमा दोस्रोमा छिन् ।

एपीएफकी ममता चौधरीले पनि २ अर्धशतक प्रहार गरेकी छिन् । उनी ८ खेलबाट १७३ रनसहित सातौं स्थानमा छिन् । ममताले चार इनिङ्समा मात्र ब्याटिङ गरेकी थिइन् ।

यस्तै बलिङतर्फ मधेश प्रदेशकी पूजा महतोले सर्वाधिक १२ विकेट लिएकी छन् । सुदूरपश्चिमको लक्ष्मी साउदले पनि १२ विकेट नै लिएकी छन् । त्यसपछि कोशीकी कप्तान रुबिनाले १० विकेट लिएकी छन् । एपीएफकी करुणा भण्डारीले ९ विकेट लिएकी छन् ।

रुबिना र करुणालाई सर्वाधिक विकेट लिने बलर बन्ने अवसर समेत छ ।

एपीएफकै सुमन विष्ट  तथा कोशीकी अप्सरी बेगम, सबनम राई र संगीता राईले समान ८ विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद […]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]