०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

पाँचौ बर्जु महोत्सव २०८० को सम्पुर्ण तयारी पुरा

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, पुष २६, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । सुनसरीको ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि हुन गई रहेको बर्जु महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा २०८० पुष २७ गते देखि माघ ११ गते सम्म हुन गई रहेको पाचौं बर्जु महोत्सव २०८० को सम्पुर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

१५२ बिघा क्षेत्रफलमा फैलिएको चिमडी बर्जु ताल सिमसार क्षेत्र प्रचारप्रसारका कारण ओझेलमा रहेको हुदाँ बिगत ४ बर्ष देखि बर्जु महोत्सव आयोजना गर्दै आइरहेकोले ब्यापक रुपमा प्रचारप्रसार भई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आज बर्जु ताल चिनिन थालेका छन् ।
जस कारण हजारौको संख्यामा जाडोयाममा मानिसहरु पिकनिक खान र घुम्न आउने गरिरहेको छ त्यसैमा थप प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले पाँचौ बर्जु महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष श्रवण चौधरीले जानकारी दिनुभयो।

मिति २०८० पौष २७ गते देखि माघ ११ गते सम्म तालको १ नं। गेटको छेउमा बिधिबत रुपमा पौष २७ गते शुक्रबार दिउसो २ बजे सुनसरी क्षेत्र नं। ३ बाट निर्वाचित संघिय सांसद माननिय भगबती चौधरीको प्रमुख आतिथ्यमा उदघाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सवको आकर्षणको रुपमा नेपालका ख्याती प्राप्त कालाकारहरु द्वारा प्रत्येक दिन राति १० बजे सम्म सांस्कृतिक कार्यक्रम रहने छ जस्मा राष्ट्रीय कलाकार धुरमुस, सुन्तली, ज्योती मगर, मुस्कान चौधरी, सुशिला कार्की, प्रिती पासवान, भगवत मण्डल, निरुता साह र माही मनिषाका साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । प्रत्येक दिन दिउसो ३ बजे देखि दंगल अथार्त कुस्ती नेपाल र भारतका पहलवानहरुको रहने छ। खानाका पार्खीहरुका लागि बिभिन्न स्टल गरि जम्मा ३० वटा स्टलहरु रहनेछ । त्यस्तै मनोरञ्जनात्मक खेलहरु झुला, रोटे पिङ, ड्रागन रेल, मिक्की माउस, आदी रहनेछ ।

त्यस्तै कार्यक्रमलाई सभ्य र भव्य बनाउन महोत्सव भित्र जाडरक्सी बेचबिखन गर्न तथा सेवन गरेर प्रवेश गर्न पुर्णरुपमा प्रतिबन्ध लगाउने आयोजकले जनाएको छ ।

यता ब्यवस्थापन पक्षमा आयोजकले १०० जना स्वमसेवकको ब्यवस्थापन गरेको छ । शान्ती सुरक्षाको लागि नेपाल प्रहरी र सशत्र प्रहरीहरु पनि रहनेछ । महोत्सवको निगरानीका लागि १० थान सिसि क्यामरा जडान गरेको छ ।
ध्चष्तभ तय द्यचबजबmमभख ःभजतब

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]