०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

ग्रामीण खवरका अध्यक्ष सम्मानित

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ ०१, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ ।

संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्र कार नरेन्द्र दाहाल पनि सम्मानित भएका छन । डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समनितलाई सम्मान पत्र सहित दोसल्ला ओढाए । संचार सहकारीले प्रत्येक बर्ष साधारण सभामा १ जना उतकृष्ठ ऋणी र वचतकर्तालाई सम्मान गर्दै आएको छ ।संचार सहकारीबाट उतकृष्ठ ऋणीका रुपमा सम्मानित भएकोमा मेहताले खुशी प्रकट गरे । कार्यक्रममा क्याम्पस प्रमुख ढकबहादुर मगर , पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना , संचार सहकारीका पूर्व अध्यक्ष मोहन भण्डारी , अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष महाप्रसाद खतिवडा र लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रमको उपदेयताका बारेमा प्रकाश पारे ।

१ सय १४ जना शेयर सदस्य रहेको यो सहकारीले आर्थिक बर्ष ०७९÷८० मा ६ लाख १८ हजार ३ सय ३५ खुद मुनाफा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]