०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

स्वार्थमा लिप्त मानिस बढे, लोभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, माघ ०२, २०८०

तस्विर : फाईल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताएका छन् । हलुवाई साह समुदायको कूल देउता बाबा कंगाली शिवदत्त देवको पुजनोत्सवमा बर्जू गाउँपालिका-२ बेलगछियामा सोमबार उनले भने, ‘समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ।’

उनले अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षको बजेटबाट मानवीय विकासका नीति लागु गरिएको बताए । प्रदेश सरकारले प्रत्येक पालिकामा गरिब र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छोराछोरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सुरु गरिसकेको मुख्यमन्त्री कार्कीले बताए ।

गरिब परिवारका जेहेन्दार विद्यार्थीको चिकित्सा शिक्षा र इन्जिनियर पढ्ने सपना पैसाको अभावमा अब अधुरो नरहने उल्लेख गर्दै त्यसको लागि प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरिएको बताए । उनले भने, ‘चालू आर्थिक वर्षबाट नै छात्रवृत्तिमा एमबिबिएस र इन्जिनियर पढाउन सुरु गरिरहेको छ ।’

प्रदेशमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमको योजना कटौती गरेको उनले बताए । मुख्यमन्त्रीले भने, ‘गाउँको मन्दिर छोडेर पाथिभारा, बराहक्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेको छ, त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने योजना कटौती गरेर पाथिभारा, हलेसी र बराहक्षेत्रमा बजेट राखेका छौँ ।’

बर्जूलाई सहर बनाउन केसलीया कोरिडोर निर्माण सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्रीले बर्जू तालको पानी देखाएर होइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना ल्याउन लागेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]