०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

रौतहटको एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी

Logo
नमो संवाददाता प्रकाशित बुधबार, माघ १०, २०८०

रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ । ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ ।  घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको र छानबिन सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।

स्थानीयवासीले सामाजिक सदभाव बिगार्न यस्ता अराजक गतिविधि गरिएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । आगजनीबाट क्षतिग्रस्त हनुमानजीको मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]