०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

‘इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन’

Logo
नमो संवाददाता प्रकाशित आइतबार, माघ १४, २०८०

तस्विर : नमो अनलाईन

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् ।

नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवनको शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।

‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ तर, त्यो दिन सकेका छौँ ?’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’

उनले कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक रहेको बताए । प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]