०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

गिरी फाउन्डेसनद्वारा विराटनगरका दुई विद्यालयमा स्वेटर तथा शैक्षिक समाग्री वितरण 

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसनले विराटनगरका दुइटा विद्यालयका विद्यार्थीहरूलाई स्वेटर र शैक्षिक सामग्री वितरण गरेको छ ।

सोमबार फाउन्डेसनका अध्यक्ष गिरिले विराटनगर महानगरपालिका-८ का दुई सामुदायिक विद्यालयमा न्यानो कपडा स्वेटर र ह्वाइट बोर्ड वितरण गरेका हुन् ।

विराटनगर-८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा अध्ययनरत ४५ छात्रछात्रालाई स्वेटर वितरण गरे । साथै, उनले अध्यापनलाई सहज बनाउन तीन थान ह्वाइट बोर्ड पनि प्रदान गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले सामुदायिक विद्यालयका विद्यार्थीले जाडोमा संघर्षका साथ अध्ययन गर्नपरेको उल्लेख गरे ।

उनले भने, ‘जाडोमा यहाँ पढ्ने विद्यार्थीले कठ्यांग्रीनु पर्ने अवस्था थियो । जाडोकै कारण विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या घटेको थाहा पाएपछि सहयोग गरेको हुँ ।’

विपन्न विद्यार्थीको बाध्यता टार्न सकेको सहयोग गरेको उल्लेख गर्दै फेरि पनि सहयोगको हात अघि बढाउने प्रतिबद्धता जनाए ।

वि.सं २०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा ३१५ जना विद्यार्थी अध्ययनरत भए पनि अहिले २९० नियमित छन् । छुटेका अरू सबै विद्यार्थीलाई पुन: सहयोग गर्ने उनले बताए ।

गिरि फाउन्डेसनले यसअघि पनि सहयोग गर्नेगरेको बताउँदै विद्यालयका प्रअ अब्दुल सुबहानले फाउन्डेसनप्रति आभार ब्यक्त गरे ।

उनका अनुसार विद्यालयमा १३ जना शिक्षक शिक्षिका रहेको उक्त परम्परागत तथा धार्मिक विद्यालयमा अरबी, उर्दु, दिनियाद भाषाबाट पनि अध्यापन हुने गरेको छ ।

यस्तै, गिरि फाउन्डेसनले विराटनगर-८ कै श्री ज्ञान निकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीलाई पनि स्वेटर वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष गिरिले त्यहाँ अध्ययनरत ५० जना विद्यार्थीलाई स्वेटर र पाँच थान ह्वाइट बोर्ड सहयोग गरे ।

२०४६ मा स्थापित सो विद्यालयमा कुल १२० विद्यार्थी अध्ययनरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]