१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

लागुऔषध ब्राउनसुगर सहित २ महिला सहित ४ जना प्रहरीद्वारा पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बुधबार, माघ १७, २०८०

तस्विर : फाईल

विराटनगर ।  लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१७ की १९ वर्षीय अनिता बैठा र विराटनगर–१६ की ३० वर्षीय सरस्वती गुरुङलाई विराटनगर-१५ बाट ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अनितालाई १९ दशमलव ३३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । सरस्वतीलाई सोही घटनामा संलग्न भएको आरोपमा १ थान डिजिटल तराजु सहित पक्राउ गरिएको हो ।

यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-४ बाट ३३ वर्षीय चित्रकुमार बिकलाई २५ ग्राम ब्राउनसुगर र ५ थान मोबाइल र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले मङ्गलवार दिउँसो पक्राउ गरेको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ वर्षीय स्मार्ट थेबेलाई १ ग्राम ब्राउनसुगर सहित मङ्गलवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]