०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

पालिका अध्यक्ष मेहताको अगुवाइमा विधुतीकरण गर्ने कार्यको शिलान्यास सम्पन्न

स्थानिय किसान भन्छन् अव हाम्रो दिन फेरिने भयो
Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, जेठ ११, २०८०

फोटो : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वु, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले संयुक्त रुपमा उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।

देवानगञ्ज गाउँपालिकाको ५ करोड र नेपाल विधुत प्राधिकरणको ५ करोड गरी पहिलो चरणमा वडा नं. २, ३, ४, र ५ मा जम्मा १० करोडको आयोजना ठेक्का सम्झौता भई काम सुरु गरिएको र दोस्रो चरणमा वडा नं. १, ६ र ७ मा १३ करोडको योजना अर्को आर्थिक वर्षमा संचालन गरिने गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनु भयो ।

 

यो योजनाले देवानगञ्ज गाउँपालिका भरिका किसानले राहत पाउने भएका छन्। स्थलगत सिंचाईको लागि राम्रो व्यवस्था नभएकोले सतहको पानी पम्पसेटको प्रयोग गरि सिंचाई गर्दा निकै झन्झटिलो र खर्चिलो हुने गर्दछ। पालिका अध्यक्ष मेहताका अनुसार आफुले चुनावको समयमा गरेको वाचा अनुसार निर्वाचित भएर आए पछि सबै भन्दा पहिला विधुतीकरण गराउने काममै लागे जस्को फलस्वरुप नेपालमै कहीँ सँचालनमा नआएको योजना धेरै बाधा अड्चनको बावजुत आज आफ्नो पालिका भित्रका किसानहरूको लागि शिलान्यास गर्न पाउँदा मन हर्सित भएको उल्लेख गर्नुभयो।

 

प्रत्येक किसानले यो योजना समापन पस्चात विधुतको माध्यमबाट सिंचाई गर्न पाउनेछन्। भोलिका दिनमा ५ विगाह १० विवाहको पलोटमामा सिंचाई गर्न एउटा पानी तान्ने मोटर दिईने वा डिप बाेडिङ्ग पालिकाको तर्फबाट उपलब्ध गराई कृषिमा क्रान्ति ल्याउने आफ्नो योजना रहेको जानकारी गराउदै योजना समयमा सम्झौता अनुसार सम्पन्न गर्न ठेकेदारलाई कडा निर्देशन समेत दिनुभयो।

 

यता किसानहरु पालिका अध्यक्ष बेचनप्रसाद मेहताले गरेको कार्यको प्रसंसा गरेका छन् । आज सम्पन्न नेपालमै कहीँ नभएको योजना हाम्रो लागि पालिका अध्यक्षले निकै मेहनत गरेर ल्याएकोमा प्रसंसा गरेका हुन् । कार्यक्रममा उपस्थित भएका स्थानीय किसानहरुले हर्षित हुँदै विधुतीकरण गर्ने कार्यको स्वागत हामी आफैले पनि सहयोग गरी यो योजनालाई सफल बनाउने बताएका छन्।

 

शिलान्यास कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वु, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहता, विधुत प्राधिकरण कोशि प्रदेश प्रमुख उमेश झा, इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झा, वडाअध्यक्ष, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]