०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

खस्किँदै गई रहेको शिक्षाको अवस्था सुधार गर्नमा देवानगञ्ज गाउँपालिकाको प्रयास सार्थक

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, जेठ १३, २०८०

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा  विगत लामो समयदेखि खस्किँदै गई रहेको शिक्षाको अवस्था सुधार गर्नमा पालिका अध्यक्ष बेचनप्रसाद मेहताको नेतृत्वमा पुरै टिम लागि परेको छ । स्थानीय तहमै शिक्षकहरूलाई एक   बिद्यालय बाट अर्को बिद्यालयमा सरुवा गरे जस्को फलस्वरुप बिद्यालयहरुको व्यवस्थापनमा सुधार आउँदै गर्दा अर्को कार्यको थालनी गरेको छ। जस्को परिणाम स्वरूप वडा नं. ६ जिरोगवा स्थित रहेको फोचो दास आधारभूत विद्यालयमा पालिकामा पहिलो पटक कक्षा नर्सरी देखि कक्षा १ सम्म मन्टेश्वरी प्रविधिबाट अध्यापन गराउने गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने कार्यको शुभारम्भ भएको छ।

वडा अध्यक्ष हरिन्दन मेहताको पहलमा पालिकामै सबैभन्दा भौतिक पूर्वाधार देखि लिएर शैक्षिक गुणस्तरमा समेत पछिपरेको बिद्यालयबाटै उक्त कार्यको थालनी गरेको हो।

अंग्रेजी माध्यमबाट पठनपाठन गराउने कक्षाको उद्धघाटन गर्दै पालिका अध्यक्ष बेचनप्रसाद मेहताले देवानगञ्ज गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार गर्न आफु लागि परेको बनाउनु भएको छ। भर्खरै आएको कक्षा आठको नतिजाले आफु निकै चिन्तित भएकोले शिक्षक सरुवा गर्न बाध्य भएको समेत उल्लेख गरे। गाउँपालिका भित्र रहेका प्राइभेट बिद्यालयहरु जहाँ SEE र कक्षा बाह्र पासगरेको शिक्षकले पढाउँदा ८० प्रतिशत भन्दा बढी रिजल्ट ल्याउने तर बिडम्बना सरकारी बिद्यालयहरुमा आयोग पास गरेर आएको शिक्षकका साथै सबै सेवा सुविधा उपलब्ध गराउँदा समेत रिजल्ट ४० प्रतिशत भन्दा पनि कम आउने गरिएकोले सबै शिक्षकहरूलाई कर्मनिष्ठ भएर आफ्नो कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो । शैक्षिक अवस्था सुधार गर्न यो विद्यालयबाट शुरु गरिएको कुरा आफ्नो कार्यकालमा पालिका भित्रको हरेक बिद्यालयमा सुचारु गरी पालिकालाई शिक्षा क्षेत्रमा नमुना बनाउने आफ्नो लक्ष्य रहेकोले सबैलाई साथ दिन आग्रह समेत गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तिनै तहका सरकार, अभिभावक, शिक्षक, व्यवस्थापक, गैरसरकारी संघ संस्था लगायत सम्पूर्ण सरोकारवालाहरूको साथ, सहयोग र सहकार्यमा सुधारका प्रयासहरूलार्ई अघि बढाउने कुरामा जोड दिनुभयो । बदलिएको परिवेशमा नवीन अवधारणा एवम् सिद्धान्त र व्यावहारिक अभ्यासबीच तालमेल मिलार्ई समयानुकुलको नीति तथा कार्यक्रममार्फत मात्र सार्वजनिक विद्यालयको सुधार गर्न सकिने कुराको उल्लेख गर्दै पालिकाको तर्फबाट आवश्यक परेको खण्डमा विभिन्न तालिमको माध्यमबाट शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरी शैक्षिक गुणस्तर सुधार तर्फ उन्मुख हुन सबै सरोकारवला पक्षलाई आग्रह गर्नुभयो।

यता पहिला बिद्यालय जान नमान्ने बिद्यार्थीहरु अहिले विद्यालयको अवस्था फेरिदा आफै हाँसी हाँसी बिद्यालय जाने गरेकोले अभिभावकहरु खुसी भएका छन्। ५० – ६० जना बिद्यार्थी भर्ना रहेको बिद्यालयमा अहिले जम्मा १८२ जना बिद्यार्थी भर्ना भएको छ। यसले पनि पालिकाले गरेको प्रयास सार्थक रहेको स्थानीयहरुले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]