०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

मोबाइल सेवा ब्ल्याकआउट गरी पाकिस्तानमा आमनिर्वाचनको मतदान

Logo
रासस प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : फाईल

काठमाडौं। पाकिस्तानमा आम निर्वाचनको मतदान जारी छ। बिहीबार बिहान ८ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

मतदानको समयमा टेलिफोन सेवा र इन्टरनेट समेत ब्ल्याकआउट गरिएको छ। निर्वाचनका समयमा हुनसक्ने आक्रमण र हिंसात्मक घटनालाई रोक्न टेलिफोन सेवा अवरूद्ध गरिएको हो बताइएको हो।

चुनावकै लागि इरान र अफगानिस्तानसँगको सिमाना बन्द गरिएको छ।

दक्षिणपश्चिम बलूचिस्तान प्रदेशमा मतदान स्थल तोकिएको स्थाननजिकै  बुधबार दुईवटा बम विस्फोट हुँदा ३० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएका थिए।

बुधबारको हमलाको जिम्मेवारी इस्लामिक स्टेटले समूहले लिइसकेको छ।

हमलापछि पाकिस्तानम निर्वाचन सुरक्षा  कडा पारिएको छ। त्यहाँ साढे ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

पाकिस्तानी निर्वाचन आयोगका अनुसार विधानसभाका लागि ५ हजार १२१ र प्रान्तीय विधानसभाका लागि १२ हजारभन्दा बढि उम्मेदवार छन्।

पौने १३ लाख मतदाताका लागि ९० हजार बढी मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये सुरक्षाका दृष्टिले २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएका छन्।

यसपालि इमरान खानको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ), नवाज सरिफको पाकिस्तान मुस्लिम लिग (पिएमएल-एन), पूर्व प्रधानमंत्री बेनजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टीबीच प्रतिस्पर्धा हुनेछ।

यद्यपि, पूर्वप्रधानमन्त्री इमरान खान भने जेलमा छन् । उनका पार्टीका उम्मेदवार पनि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन्। पाकिस्तानको निर्वाचन आयोगले उक्त पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्री नवाज शरिफ चौथोपटक प्रधानमन्त्री बन्ने दौडमा रहेको र उनलाई सेनाको पनि समर्थन रहेको बताइएको छ। चुनावको परिणाम एक साताभित्र सार्वजनिक गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]