१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुन्छः बजरँग दल

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, माघ २६, २०८०

तस्विर : नमो अनलाईन

जनकपुरधाम । आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा सार्वजनिक कारवाही गर्ने चेतावनी दिएको छ ।

जनकपुरधामस्थि रहेको बजरँग दलले एक सूचना जारी गर्दै जनकपुरधाम धार्मिक नगरी भएकोले सरस्वति पूजाको दिन भ्यालेन्टाईन डे मनाईएको वा उच्छृँखल गतिविधि गरिएको पाईएमा सार्वजनिक कुटपिट गर्ने चेतावनी नै दिएको हो ।

जारी गरिएको सूचनामा बजरँग दलले धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा कारवाही गर्ने उल्लेख गरेपनि एक सदस्यले जनकपुरको धार्मिक स्थल, विद्यालयहरुमा यस्ता गतिविधि देखिए सोही ठाउँमा ठाउँको ठाउँ पक्राउ गरी त्यस्तो जोडीलाई धुलैया दिने बताए ।

पश्चिमी सँस्कृति भ्यालेन्टाइन डेको नाममा किशोर किशोरीहरुले भविष्य छाडेर कुलतमा फँस्ने गरेको तथ्याँक छ । कच्चा उमेरका बालबालिकाहरुले भ्यालेन्टाइन डेको नाममा नक्कली माया प्रेममा परी जीवन दुर्घटना पार्ने गरेको देखिएको छ ।

भ्यालेन्टाइन डे को नाममा जानकी मन्दिर, विवाह मण्डप, अन्य धार्मिक स्थल, गँगा सागर, भूतनाथ मन्दिर लगायतका ठाउँमा उच्छृँगल गतिविधिहरु देखिन थालेपछि बजरँग दलले आफ्ना सयौँ कार्यकर्ता खटाउने भएको छ । उनीहरुले यस्ता गतिविधि देखेमा कारवाही गर्ने भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]