०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

Logo
मोहन ढकाल प्रकाशित आइतबार, फाल्गुण ०६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज दाहाल र समाजसेवी गणेश प्रसाद पोखरेललाई प्रिन्सिपल शिव प्रसाद अघिकारी र बाल्मीकी स्कुलकी प्रिन्सिपल सावित्रा पराजुलीले सम्मान गरेका थिए । यसैगरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट जिवन कोइरालाले मन्तव्य राखेका थिए । प्रिन्सिपल अधिकारीले विद्यालयको योजना र विद्यालयले गर्दै गरेका गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराएका थिए । उनले विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए ।

अभिभावक दिवसमा विद्यार्थीहरूले मारवाडी नृत्य, झागड नृत्य, सन्थाल नृत्य, मगर नृत्य, लोक नृत्यलगायत विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने गीत पनि गाएका थिए । यस्तै विद्यार्थीहरूले ‘असल साथी’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । यस्तै शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रिन्सिपललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]