११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सपोर्ट लघुबित्त द्वारा हडियामा सम्पन भयो बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

तस्विर : नमो अनलाईन

उदयपुर। कोशी प्रदेश अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हडियाले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सभा अध्यक्षको आशन ग्रहण केन्द्र नं. ०६२ कि बन्दना आचार्य ज्यू गर्नु भएको थियो भने उक्त वडा नं. १० को वडा अध्यक्ष श्री धर्मेन्द्र खडका ज्यू प्रमुख अतिथि, वडा सचिव श्री कोपिला गिरि विशेष अतिथिको आशन ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा १०६ जना उपस्थिति संगै , शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागका कर्मचारी सोकेन्द्र कुमार रायको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा, बचत, विमा, विप्रेशन सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

यस क्षेत्रमा सपोर्ट लघुवित्तले अति विपन्न तथा निम्न वर्गको लागि राम्रो काम गरेको तथा सदस्यहरु आत्म निर्भर समेत भएको जानकारी प्रमुख अतिथिले गर्नु भएको थियो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने हडिया शाखाको शाखा प्रमुख अमर कुमार यादवले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम चौडण्डीगढी नगरपालिका वडा नं.१० को सभा हलमा कार्यक्रम सम्पन्न भए संगै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा उत्कृष्ठ केन्द्र , उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणिहरुलाई प्रसंशा पत्र, खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो । कार्यक्रममा शाखा प्रमुखले स्वागत मन्तव्य संगै कार्यक्रमको उदेश्य तथा महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी तथा आन्तरिक परिक्षण विभागको सोकेन्द्र कुमार रायले प्रशिक्षकको रुपमा प्रशिक्षण गरेको र उक्त कार्यक्रम बिहान 10 बजे देखि बेलुका 4:45 सम्म भएको सोहि शाखाको शाखा प्रमुखले बताउनु भयो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]