११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

छोराको कुटपिटबाट धरानमा आमाको मृत्यु

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । छोराले आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए ।

हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

छोरा दीपक लागूपदार्थ र मादकपदार्थ सेवन गरी आमालाई कुटपिट गरेको कारण मृत्यु भएको प्रहरीको भनाई छ । दिपकलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज मङ्गलबार सुनसरी जिल्ला अदालत लैजाने तयारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका श्रीमान् राम बहादुर राईले छोरा दिपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजन मिश्रले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]