११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम हुन्छ : प्रहरी प्रमुख खापुङ

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण ११, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुभएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय हरिनगराको प्राङ्गणमा शुक्रबार भगवति मन्दिरको समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुहुदै भाइचारा, बन्धुत्वको विकास र सदाचारले निष्ठवान सेवा गर्न थप योगदान पुग्ने उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय हाताभित्र मन्दिर निर्माणले पनि प्रहरी र समुदायबीचको सम्वन्धलाई मजबुत बनाउनका लागि मदत पुग्ने बताउनुहुँदै धर्मको रक्षा गर्नु हामी सबैको कर्तब्य भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी सधैं जनताको सहयोगी र सेवकको रुपमा काम गर्दै आइरहेकाले आगामी दिनमा समन्वय र सहकार्यका लागि कोशी प्रदेश प्रहरी कार्यालय तयार रहेको कोसी प्रदेशका प्रहरी प्रमुख खापुङको भनाई रहेको थियो ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सामाजिक सदभावलाई कायम गर्न सबैले आ–आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाभित्र एकता, समन्वय र सहकार्यले कुनै पनि हिन्दु र मुस्लिम समुदायबीच अप्रिय घटना नभएको बताउनुभयो ।

७ लाख ११ हजार भन्दा बढी रकम सङकलन गरेर मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर समितिका राजेश कुमार पालले जानकारी दिनुभयो । जनश्रमदानबाट रकम सङकलन गरेर उदाहरणीय काम गरेको चर्चा गर्नुहुँदै उहाँले सहयोगी हातलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख वीपीन रेग्मी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य, हरिनगर–४ का वडा अध्यक्ष देवनारायण मेहता लगायतको सहभागीता रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]