११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यपारीलाई राहत

Logo
अजित झा प्रकाशित शनिबार, फाल्गुण १२, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित गुद्र्री बजारमा खुल्ला अकाश मुनि व्यपारीले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य थियो । गुद्री बजारमा तरकारी खरिद बिक्रि गर्ने ठाउँ खुल्ला भएका कारणले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य भएका थिए ।

बर्षाको समयमा पानीले भिज्ने समस्या र गर्मीको बिषयमा घामको समस्याले स्थानीय उपभोक्ता तथा व्यपारीलाई समस्या हुदै आएको थियो । पछिल्लो समय इनरुवा नगरपालिकाले ट्रष्ट निर्माणको कार्य गरेपछि सबैलाई राहत भएको छ । गुद्रीमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने व्यपारी तथा उपभोक्तालाई राहत भएको उपभोक्ता तथा उद्योग वाणिज्य संघ इनरुवाका पुर्व सदस्य रियाज अंसारीले बताउनुभयो ।

बर्षाको समयमा पानी र गर्मिको समयमा घामको समस्याका कारणले निकै कठिनाई पूर्व व्यपार गर्दै आउनुभएका र त्यही समस्याका बावजुदत सामग्री खरिदका लागि आउने गरेका उपभोक्तालाई ट्रष्ट निर्माणले राहत भएको अंसारीको भनाई रहेको छ ।

इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा भ्याट समेत २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो । नगरपालिकाले आर एस कन्ट्रक्सन जनकपुर धामसंगको सम्झौतामा ट्रष्ट निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

खुल्ला अकाशमा पाइप, टिनको छानो, भुइमा व्यपारीलाई सामग्री विक्रिका लागि आवश्यक पर्ने भौतिक संचरना निर्माण कार्य गरेको इन्जीनियर मेहताले जानकारी दिनुभयो । इनरुवा १ मा रहेको गुद्री बजारमा तरकारी बिक्रिका लागि आउने व्यपारी र उपभोक्तालाई राहत होस भने उदेश्यले ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

विकास निर्माणका कार्य गर्दै जाने क्रममा गुद्री बजारमा उपभोक्ता र व्यपारीलाई समस्या हुदै आएको बेलामा समस्याको निराकरण गर्नका लागि ट्रष्ट निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य नगर प्रमुख भण्डारीको भनाई रहेको छ ।

नगरपालिकाले ट्रष्ट निर्माणका लागि ४४ लाख ५३ हजार ८९३ रुपैयाँ ३१ पैसाको ठेण्डर प्रकाशन गरेकोमा २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माण कार्य सम्पन्न गर्ने गरि आर एस कन्ट्रक्सन जनकपुर धामसंग सम्झौता भएको थियो ।

सम्झौता भए अनुसारको कार्य भएपछि र ट्रष्ट निर्माण भएसंगै त्यस ठाउँमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने उपभोक्ता र व्यवारीलाई राहत भएको स्थानीय व्यपारीको भनाई रहेका छन् ।–––

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]