११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

हरिनगरा माध्यमिकका ३ शिक्षक सम्मानित

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, फाल्गुण १२, २०८०

तस्विर : जुगेस दास/नमो अनलाईन

हरिनगर । हरिनगर गाउँपालिका-४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयका तिन जना शिक्षक सम्मानीत भएको छ।

आफ्नो कार्य कौसलताले बिद्यालयको नामलाई उच्च स्थानमा पुर्याउन सफल भएका शिक्षकहरुलाई शुक्रवार एक औपचारिक कार्यक्रमको बिच सम्मान गरिएको हो।

हरिनगरा माध्यमिक विद्यालयका दितिय श्रेणी रसायन शास्त्त्र बिषयका शिक्षक डा. रोहित कुमार देवले रसायन शास्त्र बिषयमा त्रिभुवन विश्वविद्यालयबाट PHD सफलता पुर्वक सम्पन्न गरेकोले विद्यालयले स-गौरव सम्मान गरेको हो।

निकै लगनशिल, मेहनती तथा मिलनसार स्वभाव भएकोकारण उहाँले प्राप्त गर्नु भएको सफलताको कदर गर्दै विद्यालयको तर्फबाटा सम्मान गरिएको विद्यालयका प्रध्यानअध्यापक बलराम मणडलले बताउनु भयो।

त्यस्तै विद्यालयका आधारभूत तहका शिक्षक उमानन्द पाललाई पनि सम्मान गरिएको छ । विद्यालयमा खेलकूद तथा अन्य अतिरिक्त क्रियाकलापमा दक्षित भई पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

अर्का आधारभूत तहकै शिक्षक सचिन्द्र कुमार पण्डितलाई पनि सम्मान गरिएको छ । विद्यालयमा अध्यन अध्यापन तथा सरस्वती पुजा व्यवस्थापनमा कर्तव्यनिष्ठ भई पुर्याएको योगदानका साथै नियमित रुपमा विद्यालयमा उपस्थित हुने भएकोले सम्मान गरिएको हो ।

हरिनगर गाउँपालिका ४ नम्बर वडाका वडा अध्यक्ष एवं विद्यालयलय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका देवनारायण मेहताले आफ्नो कार्यकौशलताले विद्यालय सर्वाङ्गिक विकासमा पुर्याएको योगदानले सम्मान गरिएको बताएका छन् । आगामी दिनमान पनि विद्यालयको वृद्धि विकासमा सहयोग पुर्याउनुहुने शिक्षकहरुलाई सम्मान गर्दै जाने बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]