११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सुनसरीको ११ वटै शाखामा विभिन्न कार्यक्रम गरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले मनाए पाँचौं वार्षिक उत्सव

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविसुनसरीको ११ वटै शाखामा विभिन्न कार्यक्रम गरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले मनाए पाँचौं वार्षिक उत्सवध कार्यक्रम गरी सुनसरीको ११ वटै शाखामा मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो ।

जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

त्यस्तै सुनसरीका ११ वटै शाखा कार्यालयहरुमा विभिन्न सामाजिक, शैक्षिक, विपन्नको आवास निर्माणमा सहयोग, वृक्षारोपन, सरसफाई, खेलकुद लगायतका क्रियाकलाप गरी मनाईएको वित्तीय संस्थाका सुनसरी जिल्ला प्रमुख निराजन कुमार शाहले जानकारी दिनुभयो ।

पाँचौं वार्षिक उत्सवको अवसरमा सुनसरीको बर्जू गाउँपालिका– २ की एकल तथा अशक्त महिला सहगिया मुखियाका लागि घर निर्माण गरिदिएको थियो । मुखियाको घर निर्माणका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, लघुवित्तका कर्मचारी, स्थानीय, जनप्रतिनिधि र लघुवित्तले गठन गरेको थ्रि जिरो क्लबका सदस्यले श्रमदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]