११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सुनसरीमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Logo
अजित झा प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले बिहिबार सदरमुकाम इनरुवामा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ गते देखि चैत्र १ गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९९३ वटा खोप लगाउने बुथ निर्धाण गरिएको छ भने ५९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

त्यसैगरी खोप अभियान सञ्चालनका लागि १ हजार ९सय ८६ जना स्वास्थ्यकर्मी र २ हजार ९ सय ९९ जना स्वास्थ्य स्वमसेवीका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सुनसरीमा ९ महिना देखि ५ बर्ष सम्मका २ लाख ४९ हजार ८२५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताउनुभयो ।

जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोप लगायतका कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर बिषेश रुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष अजितकुमार झा लगायतको सहभागीता रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]