११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपाल भारतको सीमामा फहराइयो राष्ट्रिय झण्डा

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । नेपाल–भारतको सीमासंगै रहेको सुनसरी जिल्लाको मुख्य नाका कोसी–८ भण्टाबारी स्थित तीनकुनेमा आज राष्ट्रिय झण्डा फहराइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको बिशेष पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय झण्डा सबै नेपालीको मान, सम्मान एवंम स्वाभिमान प्रतिविम्ति गर्ने भएकाले आवश्यकता अनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

सीमा नाकामा देखिएको समस्या समाधान गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राको क्रममा भारत तर्फको सीमा क्षेत्रमा भारतको भण्डा भएको र नेपाल तर्फको सीमा क्षेत्रमा झण्डा नभएका बेलामा राष्ट्रिय झण्डा राखिएको प्रजिअ अर्चायले बताउनुभयो ।

आगामी दिनमा पनि सुनसरीका बिभिन्न सीमा नाकामा राष्ट्रिय झण्डा राख्ने सुनसरी प्रशासनले जनाएको छ ।

कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली काङग्रेस सुनसरीका सचिव बीरेन्द्र शाह, कोसीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीपिन रेग्मी, सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]