१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाग्मतीमा स्याल कराउदा कोसीमा कराउदैन : मुख्यमन्त्री कार्की

Logo
अजित झा प्रकाशित शनिबार, चैत्र १७, २०८०

तस्विर : नमो अनलाईन

ईनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनुभएको छ ।

उहाँले केन्द्रिय सत्ता समिकरण फेर बदल हुदैमा कोसी प्रदेश सरकारलाई केही असर नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाग्मतीमा स्याल कराउदा कोसीमा स्याल कराउदैन यहाँ अर्ना कराउन सक्छ ।” कोसी प्रदेश सरकारले अहिले मध्यावधिक निर्वाचन नगर्ने बताउनुहुदै विश्वासको मत समेत २ बर्ष सम्म नलिने मुख्यमन्त्री कार्कीले दाबी गर्नुभयो ।

वर्तमान कोसी सरकार कुनै पनि हालतमा नढल्ने बताउनुहुदै मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेख भए अनुसार अगाडि बढनेमा ढुक्क हुनका लागि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङग्रेका केन्द्रिय सदस्य राजिव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चार माध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा बौद्धिक अपराधि र बौद्धिक अराजकता बिरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्नेमा उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य हेमराज दाहाल, दिवस पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको प्रेस युनियन सुनसरीका सदस्य नसिम अंसारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]