१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कारागार भित्र एक कैदीबन्दीको मृत्यु, हत्या गरेको आफन्तको अरोपमा

Logo
अजित झा प्रकाशित शनिबार, चैत्र १७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको झुम्का कारागार भित्र शनिबार ४२ वर्षिय न्यायधिश राईको मृत्यु भएको छ ।

पत्नी हत्याको आरोपमा कतव्र्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका खोटाङगको साकला गाउँपालिका घरभई हाल इटहरी उपमहानगरपालिका ४ मा डेरा गरि बस्दै आएका ४२ वर्षिय न्यायधिश राईको करागार भित्रै मृत्यु भएको हो । करागार भित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् ।

कारागारमा भाईको हत्या भएको दावी गर्नुहुदै घटनाको छानविन गर्नुपर्ने मृत्तक न्यायधिशका दाई सुभाष राईले माग गर्नुभयो । न्यायधिशको शरिरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै काल गतीले नभई कारागार भित्रै कुटेर हत्या गरेको मृत्तकका भाउजु उर्मिला राईले दावी गर्नुभयो ।

कैदीबन्दी न्यायधिश राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुब्रराज कोईरालाले बताउनुभयो । स्वाशप्रस्वाशमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र सोही क्रममा मृत्यु भएको उहाँले प्रतिकृया दिनुभयो ।

यसैबीच मृतकका आफन्तले कारागार भित्रै हत्या गरेको र करागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भईसकेको अवस्थामा ल्याएको प्रतिकृया दिनुभयो ।

पीडित पक्षले न्याय र क्षतीपुर्ती नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।–

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]