१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बराह सहकारीको ऋण सुल्याउने ‘आइडिया’ विरुद्ध उजुरी

Logo
नमो संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : फाईल
विराटनगर ।  बराह वचत तथा ऋण सहकारी संस्थाको ‘बराह गोल्डेन प्रोजेक्ट’ विरुद्ध उजुरी परेको छ । लगानीकर्ताको निक्षेप फिर्ता नगरी लगानी बराबरको रकम थप्न लगाई दोब्बर मूल्यमा जग्गा बिक्री गर्दै ऋण दायित्व सुल्याउदै आएको गुनासोका आधारमा बराह सहकारी विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको हो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान नामक संस्थाले धरानस्थित बराह वचत तथा ऋण सहकारी संस्थाका नाममा छानविन र आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको पत्र ‘ब्लाष्ट’लाई प्राप्त भएको छ ।
पत्रमा बराह सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नदिइरहेको अवस्थामा संस्थाले ‘बराह गोल्डेन प्रोजेक्ट’ नामक कार्यक्रममार्फत प्रोप्राइटर इन्द्रकुमार राई रहेको जेसिका कन्स्ट्रक्सन एण्ड रियल स्टेट प्रालिमार्फत जग्गा बिक्रीवितरण गरिरहेको उल्लेख छ । सो रियलस्टेट कम्पनीमार्फत बजार मूल्यभन्दा बढीमा जग्गाको मूल्याङ्कन कायम गरी लगानीकर्तालाई लगानीको ५० प्रतिशत रकम थप्न लगाई कारोबार गरिरहेको गुनासो आएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान नामक संस्थाले बचतकर्ता तथा लगानीकर्ताको गुनासो र सञ्चारमाध्यममा आएका तथ्यहरुका आधारमा आवश्यक छानबिन गरी कारबाही गर्न निवेदन दिएको उल्लेख गरेको छ ।
सो अभियानका कोशी प्रदेश अध्यक्ष सपनकुमार तामाङले प्रशासनसमक्ष लिखित उजुरी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]