१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

इनरुवाका अधिकान्श सुनचाँदी व्यवसायीको दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन

Logo
नमो संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : फाईल

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले दोहोरो नागरिकता लिएको उजुरीका आधारमा इनरुवाका एक दर्जन सुनचाँदी व्यवसायी उपर छानबिन थालेको छ ।

दोहोरो नागरिकता लिएको भन्ने उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवाको मूख्य बजार क्षेत्रमा रहेर बसौदेखि सुनचाँदीको ब्यापार गर्दै आएका एक दर्जन व्यवसायी उपर छानबिन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले उजुरी परेका इनरुवाका सुनचाँदी व्यवसायीलाई प्रहरी मार्फत पक्राउ गर्न पत्राचार नै गरेको थियो ।

पत्राचार पश्चात उपस्थित गराइएकाहरुको सवालमा छुट्टा छुट्टै बयान लिइ अनुसन्धानको क्रम जारी रहेको प्रशासन स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार सुनचाँदी व्यवसायीलाई तारेखमा छाडिएको । जस उपर अनुसन्धान जारी छ ।

भारतको बिहार राज्य र उत्तर प्रदेश राज्यका विभिन्न जिल्लामा जन्म भई भारतीय नागरिता समेत लिएका एक दर्जन बढी व्यक्तीले सुनसरी जिल्लाको इनरुवा नगरपालिका १ नम्बर वडामा समेत स्थायी ठेगाना देखाएर नेपाली नागरिकता लिएको उजुरी परेको स्रोतको भनाई छ । सोही आधारमा सुनसरी प्रशासनले छानविनका लागि अनुसन्धान थालेको स्रोतको भनाई छ ।

छानबिनमा रहेका इनरुवाका सुनचाँदी व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरी मार्फत नेपाली नागरिकताको सक्कल प्रति सहित पक्राउ गरी हाजिर गराउन भनेको थियो । जसले समेत दोहोरो नागरिकता उपरको छानबिनको विषय स्पष्ट रहेको इनरुवाकै व्यापारीहरुको बुझाई छ । सोही आधारमा १२ जना सुनचाँदी व्यवसायीलाई बयान लिएर तारेखमा हाजिर गराउदै राखेको उनीहरुको बुझाई छ ।

प्रशासन स्रोतका अनुसार इनरुवामा सुनचाँदीको कारोवार गर्दै आएका एक दर्जन ती व्यपारीहरुले नेपाली नागरिकता लिनु पुर्व नै आफु जन्मिएको देश छिमेकी मुलुक भारतबाट आवश्यक आधार कार्ड, रासन कार्ड, मतदाता नामावली लगायतका सरकारी कागज र भारतीय नागरिकता लिएको प्रमाण आधार सहित उजुरी परेको छ ।

सुनसरी प्रशासनले छानबिन अनुसन्धानका क्रममा हाल १२ जनासँग बयान लिएर तोकिएको मिति समयमा प्रशासनमा हाजिर हुने गरी तारेखमा राखिएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]