१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

आज चैत्र २० गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

Logo
ज्यो.पं सरोज घिमिरे प्रकाशित मंगलबार, चैत्र २०, २०८०

तस्विर : नमो अनलाईन

श्री शाके १९४५ विस २०८० चैत्र २० गते मंगलबार इश्वी सन् २०२४ अप्रिल २ तारीख चैत कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढा नक्षत्र परिघ योग कौलव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु गोखकालीपूजा शीतलाष्टमी वासेरा॥

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको परीश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ। तपाईका सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ। सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मानसम्मान प्राप्तिको योग रहेको छ। आज मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेन छ। तपाईको पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेको छ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। तपाईका परिवारको मार्गदशर्न नमान्दा तपाईका कार्यको क्षेत्रमा अपजस खेप्नु पर्ने छ। नयाँ मित्रहरु सगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईलाई शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला। तपाईले सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुन सक्छ। तपाईका आम्दानी मध्यम रहेता पनि तपाईका बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। तपाईका नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्ने छ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने छ। तपाईका मानसिक चञ्चलताले सताउन सक्ने छ। आज सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ। तपाईका बोलिको प्रभुत्वले तपाईका मानसम्मानको प्राप्ति हुने देखिन्छ। तपाईका कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु होला ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। तपाईको मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न मुस्किल पर्न सक्छ । तपाईका शुभ चिन्तकको बृद्धि हुनाले तपाईका मनमा उत्साह बढ्ने छ। तपाईका परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ। आज यात्रामा एक्लोपनको महसुस हुने छ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न देखिन्छ। तपाईका बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि हुने छ । आज आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल हुने देखिन्छ। तपाईका बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने योग रहेको छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका पारिवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्ने देखिन्छ। तपाईका आफन्तजनको  सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ। आज सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ। तपाईका पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा हुन सक्छ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज आफ्नै घमण्डका कारण दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने देखिन्छ । तपाईका भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। तपाईका आटँ शाहसको कमीले तपाईका कार्यमा ब्यबधान देखा पर्न सक्ने योग रहेको छ। तपाईका प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुने छ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईका आफन्तजन बिचको भेटघाटले तपाईका मन प्रशन्न रहन्छ । तपाईका मित्रहरुको सहयोगबाट बिग्रन लागेको काम सम्पन्न हुने योग छ। तपाईका स्वास्थ्यमा आएको खराबिले तपाईको हरेक कार्यमा ढिलाई उत्पन्न हुन सक्छ। आज सामान्य बादबिबादको चक्करकाट्नु पर्ने देखिन्छ। आज अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ। तपाईका मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ। तपाईका मनमा आट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला। तपाईका जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने देखिन्छ। तपाईले सहि निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनु पर्ने हुन्छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुने छ। तपाईका सामान्य आर्थिक अभाब झेल्नु पर्ला। तपाईका मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो हुन सक्ला । आफ्नो प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। तपाईका आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ। नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ। तपाईका आम्दानी बृद्धिका लागि विद्धत्त ब्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभ दायिक हुन्छ। तपाईको आय आम्दानिका क्षेत्रमा उत्तम समय रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]