१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

सुनसरीको १ महिला सहित लागूऔषध कारोवारमा ६ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, चैत्र २०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध र निषेधित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपाल आउँदै गरेकी सुनसरीको रामधुनी नगरपालिका ७ की २४ वर्षीया कञ्चन परियारलाई ७०० मिलिग्राम ब्राउनसुगर र नगद नेपाली रुपैयाँ एक लाख ३९ हजारसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी मेचीनगर नगरपालिका १० स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले बिर्तामोड १ का २१ वर्षीय गंगाप्रसाद मगरलाई ५ ग्राम ७६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यसैगरी बिर्तामोड नगरपालिका ३ का २४ वर्षीय अशोक साह र २३ वर्षीय सुमित मल्लिकलाई ८० मिलिग्राम ब्राउनसुगरसहित प्रहरी चौकी बिर्ताबजारले पक्राउ गरेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का २३ वर्षीय समीर मगर र रोहित चौधरीलाई निषेधित औषधी ३१८ एम्पुलसहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]